सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

बुधबार, २० जेठ २०८३, १० : ५८
बुधबार, २० जेठ २०८३

सारांश

  • नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ, जहाँ छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
  • यस्तै, चाँदीको मूल्यमा आज सामान्य गिरावट देखिएको छ, जुन हिजोको तुलनामा ३५ रुपैयाँले घटेर ५ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ८ सय ९० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ४ हजार ६ सय ४ रुपैयाँ तोकिएको छ ।

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । यस्तै चाँदीको मूल्यमा केही गिरावट आएको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार पनि सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो । 

यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ८ सय ९० रुपैयाँ कायम गरिएको छ ।
यता चाँदीको मूल्यमा भने आज सामान्य गिरावट देखिएको छ । हिजो प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर ५ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ ।

 त्यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ६ सय ४ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप