मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्थलनाकामा पाँचसय रुपैयाँसम्मको सामानमा भन्सार लचकता

बुधबार, २० जेठ २०८३, १३ : ०१
बुधबार, २० जेठ २०८३

सारांश

  • सरकारले स्थलमार्गबाट सिमाना ओहोरोदोहोरो गर्ने यात्रुका लागि भन्सार छुटको सुविधामा लचकता अपनाउँदै ५ सय रुपैयाँसम्मको सामानमा महसुल नलिई छाड्न सक्ने अधिकार भन्सार प्रमुखलाई दिएको छ ।
  • यसअघि कडाइ गरिएको स्थलमार्ग भन्सारमा सीमाक्षेत्रका बासिन्दाहरूले विरोध गर्दै आएका थिए ।
  • भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीले एक थान ट्याब्लेट, ल्यापटप वा कम्प्युटरमा भन्सार महसुल तिर्नु पर्ने छैन ।

काठमाडौँ । सरकारले स्थलमार्ग (नाका)बाट सिमाना ओहोरोदोहोरो गर्ने यात्रुका लागि भन्सार छुटको सुविधामा केहि लचकता अपनाएको छ ।  राजपत्रमा नयाँ व्यवस्था प्रकाशित गर्दै सरकारले स्थल नाकाबाट आउने यात्रुलाई एक सयसम्मको भन्सार छुटबाट ५ सय रुपैयाँसम्मको व्यवस्था गरेको हो । 

‘५ सय रुपैयाँ मूल्य बराबरको सामान ल्याएमा वा लगेमा भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने अधिकार दिइएको छ । तर, त्योभन्दा बढी मूल्यका सामान वा व्यापारिक प्रयोजनका सामग्री ल्याएमा कानुन बमोजिम भन्सार तिर्नुपर्नेछ,’ राजपत्रमा भनिएको छ ।  

बालेन नेतृत्वको सरकार आएपछि स्थल भन्सारमा कडाइ हुँदै आएको थियो । जसकाकारण भारतीय बजारबाट किनमेल गर्ने सिमाक्षेत्रका बासिन्दाहरूले विरोध गर्दै आएका थिए । 

विदेशबाट आउने यात्रुले के के ल्याउँदा लाग्दैन भन्सार ?

सरकारले हवाई मार्गबाट वैदेशिक रोजगारीबाट फर्कनेले दुई थान मोबाइल र ३२ इन्चसम्मको टेलिभिजनमा पूर्ण छुट पाउने व्यवस्था छ । तर भारत वा अन्य मुलुकबाट स्थलमार्ग हुँदै आउनेहरूका लागि यस्तो सुविधा उपलब्ध गराइएको छैन ।

स्थलमार्गको कडाइका बीच भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूलाई केहि छुट दिइएको छ ।  उनीहरूले आफ्नो साथमा लगेको वा ल्याएको ट्याबलेट, ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थानमा भन्सार महसुल तिर्नु पर्ने छैन ।

हवाई मार्गबाट फर्कनेले एक थान ल्यापटप, एक थान घडी, क्यामरा र व्यक्तिगत प्रयोगका लुगाफाटामा पूर्ण छुट पाउनेछन् । ५० ग्रामसम्मको सुनको गहना र ५०० ग्रामसम्मको चाँदीको गहनामा भन्सार लाग्ने छैन । एक लिटरसम्मको एक बोतल मदिरा मात्र ल्याउन पाइनेछ ।  बिरामीले ल्याउने औषधि र शारीरिक रूपमा अशक्त व्यक्तिले प्रयोग गर्ने सहायता सामग्री (ह्विलचियर आदि)मा पूर्ण छुट दिइएको छ ।  अर्थ मन्त्रालयका अनुसार यो व्यवस्था २०८३ साल जेठ १५ गतेदेखि नै लागू भइसकेको छ । 

हेर्नुस के के छ व्यवस्था ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप