बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : रवि–मोदी भेटदेखि ओलीको चुनौतीसम्म

बुधबार, २० जेठ २०८३, २२ : ००
बुधबार, २० जेठ २०८३

आज २०८३ जेठ २० गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ :

  • भारत भ्रमण

भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका क्रममा भारत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बुधबार भेटवार्ता गरेका छन् । सभापति लामिछानेको भ्रमण राजकीय शैलीमा देखिएको छ । उनलाई भारतले विशेष महत्त्व दिएको विभिन्न घटनाक्रमले देखाएका छन् ।

  • सीमा विवाद

नेपाल–भारत सीमा विवाद फेरि चुलिएको छ । प्रतिनिधि सभामा सांसदहरूले सोधेका प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिएको अभिव्यक्तिले विवाद बढाएको छ । भारतले मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको, भारत–नेपाल बिचको सीमा विवाद समाधान गर्न इङ्ल्याण्ड (बेलायत)सँग पनि कुराकानी भइरहेको जस्ता अभिव्यक्ति प्रधानमन्त्री बालेनले संसदबाट दिएपछि विभिन्न कोणबाट त्यसको व्याख्या तथा विवेचना भइरहेको छ ।

  • नेतृत्व नछोड्ने सन्देश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व नछोड्ने सन्देश दिएका छन् । फागुन २१ को निर्वाचनपछि पहिलो पटक बुधवार सार्वजनिक कार्यक्रमलाई करिब डेढ घण्टा सम्बोधन गरेका ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका साथै पार्टीभित्रको आन्तरिक राजनीतिका बारेमा समेत प्रस्ट पार्ने प्रयास गरे ।

  • राष्ट्रियसभा

राष्ट्रियसभामा वैकल्पिक विकास वित्त परिचालन विधेयकमा सुझाव दिने अवसर गुमाएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाले पारित गरेर पठाएपछि समयमै छलफल गर्न र पारित गर्न नसकेपछि राष्ट्रियसभाले सो विधेयकमा सुझाव दिने अवसर गुमाएको हो । 

  • विरोधी तह लगाउने अस्त्र

सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन ‘फाइनान्सियल एक्सन टास्कफोर्स’ (एफएटीएफ) अर्थात् वित्तीय कारबाही कार्यदलले ‘ग्रे लिस्ट’मा राखेसँगै नेपाल उक्त सूचीबाट बाहिर निस्कनुपर्ने दबाबमा छ । ‘ग्रे लिस्ट’ (जोखिमपूर्ण मुलुकको सूची)मा परेपछि नेपालले बहुआयामिक जोखिम सामना गरिरहेको विज्ञ बताउँछन् ।  

  • विद्युत् प्रसारण

गत आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्‍को रोस्ट्रममा पहिलो पटक उभिँदै विद्युत् प्रसारण र वितरण क्षमताको बारेमा एउटा अभिव्यक्ति दिए । यदि देशका सबै मानिसले एकैपटक इन्डक्सन चुलो प्रयोग गर्न थाले भने हाम्रा सबै सबस्टेसन र ट्रान्सफर्मरहरू पड्किन्छन् भन्ने उनको भनाइ थियो ।

  • रास्वपाको महाधिवेशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आउन १८ दिनमात्र बाँकी रहँदा जिल्लामा निर्वाचन समितिले पूर्णता पाएको छैन । केन्द्रीय निर्वाचन आयोगको जेठ ७ गते बसेको बैठकले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका अनुसार १५ गतेसम्म ७७ जिल्ला र ७ प्रदेशमा निर्वाचन समिति गठन गर्ने भनिएको थियो ।

  • अस्तव्यस्त अस्पताल

विराटनगरमा सोमबार अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस पुग्यो । मंगलबार ३७ डिग्री सेल्सियस भनिए पनि बाहिर निस्किँदा छाला पोल्ने तातो हावा चलिरहेको छ । जसका कारण स्वस्थ मानिसहरू घरबाहिर निस्किन सकेका छैनन् ।

  • विकास निर्माण

पश्चिम एसियामा जारी द्वन्द्व र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उतारचढावका कारण नेपालका ठुला विकास आयोजना र उत्पादनमुलक उद्योगहरू गम्भीर संकटमा परेका छन् ।

  • सिटामोलको भर

 धादिङका ३५ वर्षीय ‘रामबहादुर’ (नाम परिवर्तन) विगत पाँच वर्षदेखि गम्भीर डिप्रेसन र एन्जाइटीसँग जुधिरहेका छन् । कहिले टोलाएर बसिरहने त कहिले विनाकारण डराउने रामबहादुरलाई उपचारका लागि उनका बाबुले तीन पटक सम्म काठमाडाैँ ल्याए । ललितपुर पाटनमा भेटिएका उनले छोरोको समस्या मधुरो स्वरमा सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप