विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित
सारांश
- विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भारतको सिमा मिचेको अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
- सांसदहरूले नसुनेपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक जेठ २६ गतेसम्मका लागि स्थगित गरेका हुन् ।
- राष्ट्रिय सभाको सोमबार र मंगलबारको बैठक पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।
काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा बोलेको 'नेपालले पनि भारतको सिमा मिचेको छ' भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग राख्दै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पटक पटक आ-आफ्नो आसनमा बस्न आग्रह गरेपनि सांसदहरूले नमानेपछि बैठक जेठ २६ गते दिनको सवा १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
राष्ट्रिय सभाको सोमबार र मंगलबारको बैठक पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।
प्रधानमन्त्री शाहले जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा सांसदका प्रश्नको जवाफ दिने बेलामा नेपालले पनि भारतको सिमा मिचेको बताएका थिए ।
उनको त्यो भनाइको सर्वत्र विरोध हुँदै आएको छ । बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण