मानवअधिकार आयोगको प्रतिवेदनप्रति ओलीको आक्रोश
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकार आयोगले भदौ २३ र २४ को घटना सम्बन्धी प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन् । उनले घटनाको छानबिनका नाममा फलानालाई कारबाही गर्नु भनेर प्रतिवेदनमा लेखिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
काठमाडौँमा बुधवारबाट सुरु भएको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘मानवअधिकार आयोगले एउटा समिति बनायो । तर त्यसको प्रतिवेदन लामो समय सार्वजनिक भएन’, ओलीले भने, ‘छानबिन समितिका अध्यक्षले अब पनि सार्वजनिक भएन भने मै सार्वजनिक गर्छु भन्नुपर्यो ।’
उनले कारवाहीका लागि भनेर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र अदालतको आदेश अनुसार सामाजिक सञ्जाल नियमन गरेको आरोपमा तत्कालीन सञ्चार मन्त्रीलाई समेत कारबाही गर्न सो समितिले सिफारिस गरेको भन्दै अदालतको आदेश मान्दा कसरी मानवअधिकारको उल्लंघन हुन्छ भनेर प्रश्न गरे ।
‘पहिला मान्छे तोक्यो र फलाना फलानालाई फसाउने । कहाँबाट आयो ? यस्तो ? अचम्म लाग्छ कसरी भयो मानवअधिकार उल्लङ्घन ?’, ओलीले प्रश्न गरे, ‘कसले गोली चलायो केही पत्ता र पुष्टि छैन ।’
उनले अहिलेको कानुनले पनि कारबाही गर्न नमिल्ने भएपछि तर भूतप्रभावी कानुन बनाएर कारबाही गर्न निर्देशन दिएको भन्दै असन्तुष्टि जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण