अपडेट
सम्पत्ति छानबिन आयोग नमान्ने र बयान पनि नदिने ओलीको घोषणा
बुधबार, २० जेठ २०८३, १३ : ०५
१
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई पूर्वाग्रहको पोको भएको आरोप लगाएका छन् ।
- उनले सरकारले आफू र पुराना पार्टीका मान्छेहरूलाई मात्रै फसाउन सम्पत्ति छानबिन आयोग बनाएको जिकिर गरे ।
- ओलीले यस्ता आयोगलाई नमान्ने र बयान पनि नदिने घोषणा गरेका छन् ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्वाग्रहको पोको भएको जिकिर गरेका छन् ।
उनले नयाँ पार्टीका नेता र सेनाको सम्पत्ति छानबिन नगर्ने नीति वर्तमान सरकारले लिएको भन्दै पुराना पार्टीका मान्छेहरुलाई मात्रै फसाउन लागिपरेको बताए ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सम्पत्ति छानबिन आयोग बनाएर राज्यले छानिछानि फसाउन खोजेको बताए । यस्ता अयाोगलाई आफूले नमान्ने र बयान पनि नदिने उनले बताए ।
‘अरुले बयान दिए पनि मचाहिँ बयान दिन्नँ । सम्पत्ति विवरण भरेर म पठाउँदिनँ, जेजे गर्न सक्छ गरोस् । यो राज्य राज्य होइन। यो पूर्वाग्रहको पोको हो,’ उनले भने ।
यस्ता क्रियाकलापमा नजान चेतावनी दिँदै उनले प्रतिशोधन नभई संवैधानिक क्रियाकलापमा लाग्न समेत सरकारलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण