'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरी नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् ।
- राणाले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डा जोगाउन नसकेको र आन्तरिक लोकतन्त्र उपेक्षा गरेको आरोप लगाएका छन् ।
- नयाँ पार्टीको मुख्य आधार 'राजासहितको प्रजातन्त्र' र हिन्दू राष्ट्र हुनेछ, जसले दुर्गा प्रसाईं लगायतका राष्ट्रवादी शक्तिलाई समेट्नेछ ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ राजनीतिक दल गठन गर्ने घोषणा पनि गरेका छन् ।
पत्रकार सम्मेलनमा उनले राप्रपा नेतृत्वले पार्टीको मूल एजेन्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोज्नुपरेको बताए ।
नयाँ पार्टीको अवधारणा सार्वजनिक गर्दै नेता राणाले आफूले स्थापना गर्न लागेको दलको मुख्य आधार 'राजासहितको प्रजातन्त्र' हुने स्पष्ट पारे । उनले भने, 'मैले पार्टी खोलेको होइन, यो घर छोडेर अर्को बलियो राष्ट्रवादी घर निर्माण गर्न गइरहेको छु, जसमा राजासहितको प्रजातन्त्र हुनेछ ।'
नेता राणाले राप्रपाभित्रको कार्यसम्पादन समिति र कार्यसमितिले जेठभित्र महाधिवेशन गर्ने निर्णय गरे पनि नेतृत्वले चासो नदेखाएको बताए । 'महाधिवेशन नगर्ने दिशामा गएपछि मैले धेरै पटक आवाज उठाएको थिएँ, तर नेतृत्व सुध्रने संकेत देखिएन,' उनले भने । पछिल्ला निर्वाचनहरूमा पार्टीको खस्कँदो अवस्था र आगामी स्थानीय तह निर्वाचनसम्म उम्मेदवारसमेत नपाउने स्थिति आउन लागेकोले आफूले विद्रोह गर्नुपरेको उनको तर्क छ ।
राणाका अनुसार नयाँ पार्टीका मुख्य विशेषता र एजेन्डाहरू:
- राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र
- युवा र महिलाको नेतृत्व
- सुशासन र रोजगारी
- दुर्गा प्रसाईंको अभियान लगायत अन्य राजावादी, राष्ट्रवादी र हिन्दूवादी संघ-संस्था तथा व्यक्तिहरूलाई समेटेर एउटा वृहत् 'बलियो राष्ट्रवादी शक्ति' निर्माण गर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण