शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित

शुक्रबार, २२ जेठ २०८३, ११ : ५७
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू पार्टीको जिल्ला अधिवेशनमा सहभागी हुन उपत्यकाबाहिर गएपछि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।
  • शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको जानकारी समिति सभापति हरि ढकालले दिएका छन् ।
  • बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयनको प्रगतिबारे छलफल, उपसमिति गठन र कार्यविधि निर्माण गर्ने कार्यसूची थियो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू पार्टीको जिल्ला अधिवेशनमा गएपछि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।

शुक्रबार दिउँसो १ बजे बैठक बस्ने तय भएको बैठक स्थगित गरिएको समिति सभापति हरि ढकालले जानकारी दिए । उनले रास्वपाका समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू जिल्ला अधिवेशनका लागि उपत्यकाबाहिर रहेकाले बैठक स्थगित गरिएको जानकारी दिए । 

‘रास्वपाका प्राय: माननीयहरू पार्टीको जिल्ला अधिवेशनका लागि बाहिर हुनुहुन्छ । त्यही भएर बैठक स्थगित गर्‍यौँ,’ सभापति ढकालले रातोपाटीसँग भने । 

बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयनको प्रगतिबारे जानकारी सम्बन्धमा छलफल गर्ने, समिति अन्तर्गत उपसमिति गठन गर्ने तथा समितिको बैठक सञ्चालन कार्यविधि बनाउने कार्यसूची राखिएको थियो । 

समितिले समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति र समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवम् निकायहरूको कामकारबाही अध्ययन एवम् निगरानी उपसमिति गठन गर्ने तयारी गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप