सांसद बस्नेतले सोधे : नागढुंगा सुरुङ मार्ग कहिलेदेखि सञ्चालनमा आउँछ ?
सारांश
- राष्ट्रियसभा सांसद गोपाल बस्नेतले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माणको अन्तिम चरणमा पुगेकोमा खुसी व्यक्त गर्दै सञ्चालनको मितिबारे प्रश्न सोधेका छन्।
- आयोजना निर्देशक सौजन्य नेपालले २०८३ साउन दोस्रो सातादेखि सुरुङ मार्ग सञ्चालनमा आउने जानकारी दिएकी छन्।
- आयोजनाको ९९.५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भइसकेको छ र यसको सञ्चालन तथा व्यवस्थापनका लागि सेवा प्रदायक छनोट भइसकेको छ।
काठमाडौँ । राष्ट्रियसभा सांसद गोपाल बस्नेतले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै खुसी व्यक्त गरेका छन् । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले सुरुङ मार्ग सञ्चालनको तयारीमा पुग्नु देशका लागि राम्रो पक्ष भएको बताए ।
बैठकमा आयोजना प्रमुखसँग जिज्ञासा राख्दै बस्नेतले भने– ‘सुरुङ मार्ग झन्डै पूर्ण रूपमा सम्पन्न भइसकेको र सञ्चालनको अवस्थामा पुगेको देख्दा धेरै खुसी लागेको छ। मानिसहरू यो बाटोमा कहिलेदेखि गाडी लिएर हिँड्न पाउँछन् ? यसको अनुभव गर्न मानिसहरू आतुर छन्, त्यसैले सञ्चालनको प्रावधान के छ ?’
सांसद बस्नेतले सर्वसाधारणले कहिलेदेखि यात्रा गर्न पाउने भन्ने विषयमा आयोजनाको ध्यानाकर्षण गराए । आयोजनाको भौतिक प्रगति सन्तोषजनक रहेको भन्दै उनले यसलाई छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।
नागढुंगा सुरुङ मार्ग निर्माणका आयोजना निर्देशक सौजन्य नेपालले सांसद बस्नेतको प्रश्नको जवाफ दिँदै २०८३ साउन दोस्रो सातादेखि सञ्चालनमा आउने जानकारी दिए । सुरुङ मार्ग सञ्चालनका लागि करिब तयार भइसकेको जानकारी दिए ।
आयोजना निर्देशक नेपालका अनुसार आयोजनाको ९९.५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भइसकेको छ । सुरुङ सञ्चालनका लागि सेवा प्रदायक छनोट भइसकेको छ । यसै सातादेखि सेवा प्रदायक फिल्डमा मोविलाइज हुने हुनले जानकारी दिए ।
उनका अनुसार सुरुङमार्गलाई २४सै घण्टा सञ्चालन गर्नका लागि १५० जना जनशक्ति खटाइनेछ । सुरुको ५ वर्षका लागि नेपाली र चिनियाँ कम्पनीको संयुक्त उपक्रम (युक्सिन–एआरटी जेभी) ले यसको व्यवस्थापन गर्नेछ ।
यसका लागि वार्षिक करिब २२ करोड रुपैयाँ सञ्चालन र मर्मत खर्च लाग्नेछ । पाँच वर्षपछि भने पूर्ण रूपमा स्वदेशी जनशक्तिलाई नै दक्ष बनाएर सञ्चालनको जिम्मा दिने सरकारको लक्ष्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण