प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छ : वर्षमान पुन
सोमबार, २५ जेठ २०८३, १३ : ४०
सारांश
- नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने अडान कायमै रहेको बताएका छन् ।
- सांसद पुनले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा आएर भन्न खोजेको आशय रोष्टममा उभिएर स्पष्ट पार्नुपर्ने बताए ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक अवस्थाबारे सर्वदलीय बैठक सकारात्मक रहेको र विवाद समाधानका लागि थप छलफल आवश्यक रहेको बताए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्छ भन्ने आफूहरूको अडान कायमै रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आकस्मिक बैठकमा सांसद पुनले प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा आएर भन्न खोजेको आशय के हो ? त्यो पनि रोष्टममा उभिएर बताउनुपर्ने बताए ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक अवस्थाबारे सर्वदलीय बैठक गर्नु सकारात्मक रहेको बताए । विवादका विषयमा छलफल सकारात्मक भएको भन्दै अझै केही समय विवाद समाधानका लागि थप छलफलका लागि समय दिन आवश्यक रहेको बताए ।
उनले सदन नियमित चलोस् भन्नेमा आफूहरू रहेको बताए । तर सदनमा आएका विषयमा स्पष्ट पारिनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण