सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुकुमबासीलाई स्थानान्तरण गर्न जग्गा प्लट मिलान तथा पूर्वाधार अध्ययन समिति गठन

सोमबार, २५ जेठ २०८३, १४ : ५०
सोमबार, २५ जेठ २०८३

सारांश

  • पोखरा बसपार्कका सुकुमबासी परिवारको स्थानान्तरण गर्न जमिन प्लट मिलान तथा पूर्वाधार अध्ययन समिति गठन भएको छ ।
  • वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलको संयोजकत्वमा गठित यस समितिले सिफारिस भएका जग्गाहरूको नाप जाँच गरी कित्ता छुट्याउने छ ।
  • समितिले ७ दिनभित्र राय सहितको प्रतिवेदन बुझाउनुपर्ने छ ।

पोखरा । पोखरा बसपार्कका सुकुमबासी परिवारको स्थानान्तरण गर्न जमिन प्लट मिलान तथा पूर्वाधार अध्ययन समिति गठन भएको छ । पोखरा महानगरपालिकाले वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो । 

जग्गा खोजी समितिको सिफारिसका आधारमा जमिन प्लट मिलान गर्न समिति बनाइएको मेयर धनराज आचार्यले जानकारी दिए । यसअघि गठित जग्गा खोजी समितिले सिफारिस गरेका जग्गाहरूमध्ये उपयुक्त ठहरिएका जग्गामा आवश्यक प्राविधिक काम गर्न समिति गठन गरिएको हो ।

समितिलाई सिफारिस भएका जग्गाहरूको नाप जाँच गरी तोकिएको क्षेत्रफलअनुसार कित्ता छुट्याउने, खुला क्षेत्र, विद्यालय तथा अन्य आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक क्षेत्र सुनिश्चित गर्ने, व्यवस्थापन गर्न सकिने कुल क्षेत्रफल निर्धारण गर्ने जिम्मेवारी दिइएको छ । ७ दिनभित्र समितिले राय सहितको प्रतिवेदन बुझाउनुपर्ने छ । 

समितिमा आर्किटेक्चर इन्जिनियर सिद्धार्थ पाण्डे, अमिन प्रदीप सुवेदी र सन्देश सापकोटा सदस्य छन् । प्रशासनिक अधिकृत  टिकाराम बजगाईँ समितिको सदस्य सचिव तोकिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप