स्रोत नखुलेको ४० लाख नगद सहित न्युरोडबाट युवक पक्राउ
बिहीबार, २८ जेठ २०८३, १७ : ५०
सारांश
- प्रहरीले स्रोत नखुलेको ४० लाख नगदसहित न्युरोडबाट एक युवकलाई पक्राउ गरेको छ ।
- पक्राउ पर्ने युवक गोरखाका २३ वर्षीय स्वरूप राज दवाडी छन् ।
- दवाडीले आफू चन्द्रोदय बहुउद्देश्यीय सहकारीमा रकम सङ्कलनको काम गर्ने प्रहरीलाई बताएका छन् ।
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको नगदसहित न्युरोडबाट बिहीबार एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर–८ जौवारी घर भएका २३ वर्षीय स्वरूप राज दवाडी छन् ।
उनको साथबाट स्रोत नखुलेको ४० लाख बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।
काठमाडौँको जरङ्खु बस्दै आएका दवाडीले आफू चन्द्रोदय बहुउद्देश्यीय सहकारीमा रकम सङ्कलनको काम गर्ने प्रहरीलाई बताएका छन् । आरोपीको साथमा भेटिएको रकमको स्रोत नखुलेको एसएसपी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनै पनि हालतमा एआईलाई कानुनी व्यक्तिको मान्यता दिनु हुँदैन
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
-
सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
-
सडक दुर्घटना र पहिरोको जोखिम घटाउन सरकारको नयाँ नीति
-
बाढी र पहिरोका कारण प्रभावित छन् यी राजमार्ग
-
सहिद लखनसँग जोडिएका पालिकाले गरे २३ बुँदे समझदारी, विकास र सेवा प्रवाहमा साझा एजेन्डा बनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण