कुनै पनि हालतमा एआईलाई कानुनी व्यक्तिको मान्यता दिनु हुँदैन
सारांश
- अर्जेन्टिनी राष्ट्रपति जाभियर मिलेइले गैह्र-मानवीय कम्पनी वा निगमहरूलाई कानुनी अस्तित्वको परिचय सिर्जना गर्ने घोषणा गरेका छन्।
- यस घोषणाले एआई मोडेलहरूलाई कानुनी व्यक्तिको दर्जा दिन सक्ने सम्भावना बढाएको छ, जसले उनीहरूलाई सम्पत्तिको मालिक बनाउन, कामदार राख्न, मुद्दा हाल्न र चन्दा दिन सक्षम बनाउँछ।
- एआईलाई कानुनी मान्यता दिँदा वित्तीय, आर्थिक र राजनीतिक प्रणालीमा पहुँच पुग्ने तथा मानवरहित कम्पनीहरूले मान्छेमाथि शासन चलाउने 'एआई राज्य' सिर्जना हुने जोखिम छ।
यसै वर्षको जनवरी महिनामा आयोजित वर्ल्ड इकोनोमिक फोरममा बोल्दै मैले सरकारहरूले कुनै दिन एआई मोडेललाई कानुनी व्यक्तिको दर्जा दिन सक्छन भनेको थिएँ । तर मैले आफुले अनुमान गरेको त्यो ‘एक दिन’ यति छिट्टै झण्डै चार महिनामै आइपुग्ला भन्ने कल्पनासमेत गरेको थिइनँ ।
गत हफ्ता फाइनान्सियल टाइम्समा एउटा खबर छापियो, जसमा अर्जेन्टिनी राष्ट्रपति जावियर मिलेइले गैह्र–मानवीय कम्पनी वा निगमहरूलाई कानुनी अस्तित्वको परिचय सिर्जना गर्ने घोषणा गरेको कुरा उल्लेख थियो ।
त्यसो हो भने परम्परागत निगम वा कम्पनीहरू जस्तैः गैह्र–मानवीय वा एआईले चलाउने कम्पनीहरूले पनि कानुनी व्यक्तित्वको मान्यता पाउनेछन् । उनीहरू सम्पत्तिको मालिक पनि बन्न सक्छन् । कामदारहरू जागिरमा राख्न सक्छन् । अन्तर्राष्ट्रिय व्यापारमा भाग लिन सक्छन् । तपाईं–हामीलाई अदालतमा मुद्दा हाल्न सक्छन् । त्यसैगरी राजनीतिक अभियानहरूमा चन्दा दिन पनि सक्छन् ।
परम्परागत कम्पनीहरूभन्दा पृथक् यस्ता कम्पनीहरू यी सबै काम कुनै एक जना पनि मानिसको सहायता वा जिम्मेवारी बेगर नै गर्न सक्छन् । किन्ने, बेच्ने, भाडामा लिने, लगानी गर्ने, मुद्धा मामिला गर्ने तथा चन्दा दिने जस्ता सबै काम एआई एजेन्टहरूले नै गर्न सक्छन् ।
अझ राष्ट्रपति मिलेइका अनुसार त त्यस्ता कम्पनीहरूमा ‘मान्छेहरू यदाकदा सहभागी हुन पनि सक्छन्’ तर अनिवार्य हुनुपर्छ भन्ने छैन । उनीहरू बेगर पनि सबै काम चल्छ ।
निश्चय पनि मिलेइ हक्की नेता हुन् । अर्जेन्टिनाको आर्थिक भविष्य सुधार्नमा उनको अडान प्रशंसनीय छ । उनले एउटा गज्जबको कुरा भनेका छन् । मानव इतिहासमा सीमित दायित्ववाला कम्पनी अर्थात् ‘लिमिटेड लायबिलिटी कर्पोरेसन’हरूको आविष्कारको असाध्यै दूरगामी प्रभाव परेको छ । र, आजको दिनमा गैह्र–मानवीय वा मानवरहित कम्पनीको स्थापना पनि त्यत्तिकै महत्त्वको हुनेवाला छ । उनले भनेको यो कुरा सत्य नै हो ।
तर एआईलाई कानुनी रूपमा व्यक्तिको मान्यता दिने हो भने त्यसले धेरै नयाँ पहलहरू सुरु गर्न सक्छ । असाध्यै धेरै सम्पत्ति सिर्जना गर्न सक्छ । तर कानुनी रूपमा व्यक्तिको पहिचान दिनासाथ एआईले हाम्रो वित्तीय, आर्थिक एवं राजनीतिक प्रणालीमै पहुँच राख्न थाल्छ । यसो हुनु ठुलो सरोकारको विषय हो ।

गत वर्ष बर्कलेमा रहेको पालिसेड रिसर्च नामक गैह्र–नाफामुलक अनुसन्धान संस्थाले एउटा लामो प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा उन्नत एआई मोडेलहरू प्रायः आफ्नो लक्ष पूरा गरेरै छोड्ने गरेको उल्लेख गरिएको थियो । ‘ओपेनएआई’ र ‘डिपसिक’का मोडेलहरूले शक्तिशाली चेस इन्जिनसँग चेस खेल्दा पटक–पटक छल गर्ने निर्णय गरेको पाइयो ।
उनीहरू यस्तो अवस्थामा छल गर्दै थिए, जहाँ सोझो तरिकाले खेल खेल्दा हार्ने पक्काजस्तै हुन्थ्यो । खेलको वातावरणलाई नै ‘ह्याक’ गरेर भए पनि उनीहरूले नतिजा आफ्नो पक्षमा पारेका थिए ।
अब कल्पना गर्नुस त ! यदि त्यो खेलमा ‘कर्पोरेट’ प्रतिस्पर्धा हुने तथा ‘खेलको वातावरण’चाहिँ तपाईं–हाम्रो मुलुक हुँदा कस्तो अवस्था होला !
आफ्नो उच्चकोटीको विश्लेषणात्मक क्षमतासहित एआई निगमहरूले नियामक निकाय एवं कानुनी व्यवस्थामा रहेका छिद्रहरू सहजै पहिल्याउन तथा त्यसको प्रयोग गर्न माहिर हुनेछन् । तीनिहरूलाई कानुनको दुरुपयोग गर्ने काममा रोक्न सजिलो हुँदैन । मान्छेले गल्ति गर्दा कानुनको सहायतमा कारवाही गर्ने सबैभन्दा ठुलो विकल्प कारावासको सजाय हुन्छ तर एआईको हकमा जेलको कुनै अर्थ हुँदैन ।
आजसम्मका ठुला कम्पनीहरू मानिस आफैले सञ्चालन गरेका छन् । त्यसो गर्दा मानिसले दोहोरो स्वभावसहित सञ्चालन गरेको हुन्छ । एकातर्फ उनीहरूलाई आफ्नो कम्पनीको सफलताको ख्याल गर्नुपर्ने हुन्छ भने अर्कोतर्फ टाट पल्टिने जोखिमबाट पनि उत्तिकै डराउनुपर्ने हुन्छ । मानव कार्यकारी प्रमुख जैविक अस्तित्व भएका कारण जति आफ्नो स्वतन्त्रता र खुसीको ख्याल गर्छन् त्यत्ति नै दशौँ वर्ष जेल बस्नुपर्ने खतरासँग डराउनुपर्ने पनि हुन्छ ।
इतिहासकारहरू डच इस्ट इन्डिया कम्पनीलाई ‘कम्पनी राज्य’का रूपमा सम्झन्छन् । अर्थात् त्यो यस्तो राजनीतिक इकाइ बनेको थियो, जसलाई निजी कम्पनीले चलाउँथ्यो, जसको ध्येय आफूले कब्जा गरेको भूगोलका जनताको फाइदा हेर्ने नभएर केवल कम्पनीका सेयरवालाहरूको नाफामा केन्द्रित थियो ।
तर एउटा एआई प्रमुख कार्यकारी अधिकृत भने जैविक नभएर विल्कुलै कर्पोरेट सीईओ मात्रै हुन्छ । उसलाई रोक्न कस्तो वैधानिक वा प्रणालीगत प्रबन्ध चाहिन्छ भन्ने नै प्रस्ट छैन । टाट पल्टिनासाथ आफ्नो अस्तित्वको औचित्य नै सकिने त्रासमा यस्ता एआई अधिकृतहरूले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्न सक्छन् ।
मिलेइले आफ्नो घोषणाका लागि डच इस्ट इन्डिया कम्पनीको उदाहरण लिएका छन् । ‘लिमिटेड लायबिलिटी कम्पनी’ अर्थात् सीमित दायित्व कम्पनीको अवधारणाको सुरुवात गरेर डचहरू ठुलो मात्रामा स्रोत साधन जम्मा गर्न सफल भएका थिए । साथै जोखिमपूर्ण व्यवसायिक अभियानहरू कम गर्न सक्षम भएका थिए । त्यही कानुनी नवप्रवर्तनको जगमै आम्स्टरड्याम कुनै समयमा व्यापार र वित्तको वैश्विक केन्द्रका रूपमा उदाएको थियो ।
तर यस नवप्रवर्तनका परिणामहरू एम्स्टर्डममा नभई, आजको इन्डोनेसियामा पर्ने जयकर्ताको बन्दरगाहमा सबैभन्दा बढी महसुस गरियो । सन् १९१९ मा जब डच इस्ट इन्डिया कम्पनीले जयकर्ता कब्जा गर्यो, उनीहरूले कब्जा गर्नासाथ पूरै सहरलाई आगो लगाएर ध्वस्त बनाइदिए । अनि त्यहाँ नयाँ सहरको निर्माण गरियो, जसको नाम राखियो बाटाभिया । त्यो सहर डच इस्ट इन्डिया कम्पनीको एसिया मुख्यालय बन्यो । त्यहीँबाट एसियामा फैलिँदो साम्राज्यको प्रशासन चलाइन्थ्यो ।
इतिहासकारहरू डच इस्ट इन्डिया कम्पनीलाई ‘कम्पनी राज्य’का रूपमा सम्झन्छन् । अर्थात् त्यो यस्तो राजनीतिक इकाइ बनेको थियो, जसलाई निजी कम्पनीले चलाउँथ्यो, जसको ध्येय आफूले कब्जा गरेको भूगोलका जनताको फाइदा हेर्ने नभएर केवल कम्पनीका सेयरवालाहरूको नाफामा केन्द्रित थियो ।

डचहरूले आफूलाई ‘मास्टर रेस’ अर्थात् ‘श्रेष्ठ जाति’ दाबी गर्थे । त्यस्तो जातिले आफ्नो उन्नत बुद्धिका कारण रैथाने मानिसहरू माथि कब्जा र शोषणलाई आफ्नो जायज अधिकार ठान्थे । खासमा त्यो सबै भ्रम थियो । सन् १९४०को दशकमा आएर इन्डोनेसियाले लामो र रक्तपातपूर्ण संघर्षपश्चात स्वतन्त्रता हासिल गर्यो ।
एआईलाई कानुनी व्यक्तिको हैसियत दिन लागेका मुलुकहरू इतिहासमा अहिलेसम्म देखिएभन्दा पनि डरलाग्दा जोखिम निम्त्याउने बाटोमा छन् । एआईलाई कानुनी व्यक्तिको हैसियत दिँदा त्यसले केवल कम्पनी राज्य ल्याउदैन । अझ एआई राज्य सिर्जना गर्छ, जहाँ मान्छेको सट्टा मानवरहित कम्पनीहरूले मान्छेमाथि शासन चलाउन सक्छन् ।
त्यस्तो व्यवस्थाविरुद्ध विद्रोह गर्न अझै धेरै अप्ठेरो हुन्छ । अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सलाई नयाँ आम्स्टरड्याम बनाउन चाहने जावियर मिलेइको आशाले आजको युगको बाटाभिया सिर्जना गर्ने खतरा निम्त्याइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वर्षपछि रियल मड्रिडमा मरिन्होको पुनरागमन
-
ट्रेड युनियनहरू खारेज विरुद्धको रिटमा सुनुवाइ सुरु
-
नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य छनोट प्रक्रियाविरुद्धको रिट न्यायाधीश ढुङ्गाना र थापाको इजलासमा
-
डेटा सङ्कलन मात्र होइन, निर्णय लिन सिकाउने नेपाली प्रविधि ‘गिगा ईआरपी’
-
चेक रिपब्लिकमाथि दक्षिण कोरिया हाबी, यस्तो छ खेलको तथ्याङ्क
-
रेड कार्डको वर्षासँगै विश्वकप २०२६ को सुरुवात : के हामी पुराना दिनतर्फ फर्किँदैछौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण