जापानकाे फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निष्कासन कार्य सुरु
टोकियो । पानी भण्डारण ट्याङ्कीमा ‘भल्भ’ बिग्रिएको हुनसक्ने प्रक्षेपणपछि पहिले नै समस्याग्रस्त मानिएको फुकुशिमा दाइची आणविक ऊर्जा केन्द्रबाट आणविकरूपमा दूषित फोहोर पानी समुद्रमा छोड्ने काम बिहीबार दिउँसो फेरि सुरु भएको क्योदो न्यूजले जनाएको छ ।
पानी छोड्ने प्रक्रियाको क्रममा असामान्य प्रणालीको चेतावनी दइएपछि बुधबार दिउँसो ‘डिस्चार्ज’ स्वचालित रूपमा रोकिएको थियो ।
प्लान्ट सञ्जालक संस्था ‘टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङ्ग्स (टेप्को)’ ले पानी भण्डारण ट्याङ्कमा ‘भल्भ’ बिग्रिएको हुन सक्ने बताएपछि सम्बन्धित उपकरणहरू प्रतिस्थापन गरेपछि पानीलाई फाल्नेकाम पुनः सुरु गरिएको थियो ।
टेप्कोले जुन १ देखि फुकुशिमामा आणविक दूषित पानीको २० औँ चरणको निकास सुरु गरेको थियो। कम्पनीको पहिले घोषणा गरिएको योजना अनुसार, पछिल्लो पटक पानी रिहा गर्ने काम जुन १९ सम्म जारी रहने छ ।
यो अवधिमा लगभग सात हजार ८०० टन फोहोर पानी समुद्रमा छोड्ने अपेक्षा गरिएको छ । यसमा लगभग १.३ ट्रिलियन रेडियोधर्मी ‘ट्रिटियम’ रहेको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्ताे छ मेक्सिको सिटीकाे माैसम ?
-
एउटा ब्याच नम्बरबाहेक अन्य उत्पादन सुरक्षित रहेको यशोदा फुड्सको स्पष्टोक्ति
-
तस्बिरमा फिफा विश्वकप २०२६ को उद्घाटन समारोह
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिकाको सुरुवाती टोली सार्वजनिक
-
सकिरा र बर्ना ब्वायको प्रस्तुतिले तात्यो उद्घाटन समारोह
-
मेक्सिकोमा फिफा विश्वकप २०२६ को भव्य उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण