नेपाली कांग्रेसद्वारा विदेशस्थित जनसम्पर्क समितिलाई क्रियाशील सदस्यता अद्यावधिकमा जुट्न निर्देशन
सारांश
- नेपाली कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिहरूलाई १५ औँ महाधिवेशनको तयारी र क्रियाशील सदस्यता अद्यावधिकमा जुट्न निर्देशन दिएको छ ।
- विदेशस्थित जनसम्पर्क समितिहरूलाई सदस्यता अद्यावधिक र लेभी बुझाउने लगायतका कार्यहरू यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिइएको छ ।
- क्रियाशील सदस्यको संख्याका आधारमा महाधिवेशन र महासमिति सदस्यको संख्या निर्धारण गरिने तथा सदस्यहरू मध्येबाट पर्यवेक्षकको रूपमा सहभागी हुने व्यवस्था मिलाइने भएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसले विदेशस्थित आफ्ना सबै नेपाली जनसम्पर्क समितिहरूलाई १५ औँ महाधिवेशनको तयारी र क्रियाशील सदस्यता अद्यावधिकमा जुट्न निर्देशन दिएको छ ।
पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले एक परिपत्र जारी गर्दै विदेशस्थित जनसम्पर्क समितिहरूलाई सदस्यता अद्यावधिक र लेभी बुझाउने लगायतका कार्यहरू यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका हुन्।
कांग्रेसले जारी गरेको परिपत्र अनुसार, अधिवेशन गर्न बाँकी रहेका जनसम्पर्क समितिहरूले नवीकरण र नयाँ क्रियाशील सदस्यताको विवरण आगामी २०८३ असार १० गतेभित्र केन्द्रीय प्रणालीमा प्रविष्ट गरिसक्नुपर्नेछ । त्यसैगरी, अधिवेशन सम्पन्न गरिसकेका समितिहरूका हकमा भने २०८३ साउन मसान्तसम्मको समयसीमा तोकिएको छ ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) बमोजिम आगामी १५ औँ महाधिवेशनमा जनसम्पर्क समितिहरूको प्रतिनिधित्वका लागि नयाँ व्यवस्था गरिएको छ । नियमावलीमा भएको व्यवस्था अनुसार क्रियाशील सदस्यको संख्याका आधारमा महाधिवेशन र महासमिति सदस्यको संख्या निर्धारण गरिने परिपत्रमा उल्लेख छ ।
यसका साथै, जनसम्पर्क समितिका सदस्यहरू मध्येबाट १५ औँ महाधिवेशनमा पर्यवेक्षकको रूपमा सहभागी हुने व्यवस्था समेत मिलाइने भएको छ । कति संख्यामा पर्यवेक्षक सहभागी गराउने भन्ने निर्णय जनसम्पर्क समितिको सदस्य संख्याको आधारमा केन्द्रीय कार्यसमितिद्वारा गरिनेछ ।
परिपत्रमा क्रियाशील सदस्यता शुल्क र जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूको लेभी रकम अनिवार्य रूपमा पार्टीको केन्द्रीय खातामा दाखिला गर्नुपर्ने उल्लेख छ । केन्द्रीय अनलाइन प्रणालीमा सबै विवरण प्रविष्ट गरेपछि सोही संख्या बराबरको शुल्क बुझाउनुपर्नेछ ।
केन्द्रीय सदस्यता व्यवस्थापन समितिबाट नामावली स्वीकृत भएपछि मात्र जनसम्पर्क समितिले बैठक बसी अधिवेशनको मिति तय गर्नुपर्ने र उक्त मिति स्वीकृतिका लागि केन्द्रीय कार्यालयमा पठाउनुपर्ने वैधानिक व्यवस्थालाई पालना गर्न कांग्रेसले निर्देश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
-
सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
-
सडक दुर्घटना र पहिरोको जोखिम घटाउन सरकारको नयाँ नीति
-
बाढी र पहिरोका कारण प्रभावित छन् यी राजमार्ग
-
सहिद लखनसँग जोडिएका पालिकाले गरे २३ बुँदे समझदारी, विकास र सेवा प्रवाहमा साझा एजेन्डा बनाउने
-
‘गौँथली’को ‘आँखाभरि आँसु’मा बेहुला बेहुली अवतारमा अरुण र सिमरन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण