शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खानेपानी इन्जिनियर कुटपिटमा संलग्न दुईजना पक्राउ

शुक्रबार, २९ जेठ २०८३, १५ : ०६
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • धादिङमा खानेपानी सब-इन्जिनियरमाथि आक्रमणमा संलग्न दुई व्यक्ति पक्राउ परेका छन्।
  • जेठ २७ गते धादिङ शाखाका सब-इन्जिनियर सुरेश आले र सुपरभाइजर हबेन्द्र कुमार यादवमाथि आक्रमण भएको थियो।
  • आक्रमणकारी सञ्जीव मल्ल र बल बहादुर मल्ल ठकुरीलाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरी धादिङ पठाइएको छ।

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित धादिङ पौवामा खानेपानी सब–इन्जिनियरलाई कुटपिटमा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

जेठ २७ मा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवन अन्तर्गतको धादिङ शाखामा सब–इन्जिनियर सुरेश आले र सुपरभाइजर हबेन्द्र कुमार यादवमाथि आक्रमण भएको थियो ।

खानेपानी आयोजनाको साइट निरीक्षणका लागी पौवातर्फ जाँदै गरेको अवस्थामा उनीहरूमाथि आक्रमण भएको हो । आक्रमणमा संलग्न आरोपमा नीलकण्ठ नगरपालिका–४ घर भएका ४० वर्षीय सञ्जीव मल्ल र ५७ वर्षीय बल बहादुर मल्ल ठकुरीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए ।

आक्रमणपछि उनीहरू भागेर काठमाडौँ आएका थिए । उनीहरूलाई बिहीबार गोङ्गबुबाट पक्राउ गरेर आवश्यक कारबाहीका लागी धादिङ पठाइएको एसएसपी खड्काले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप