निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र परिणामलाई बदर गरेसँगै उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । अधिवेशनबाट निर्वाचित कार्य समिति नै भङ्ग भएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको हो ।
आयोगको आइतबार बसेको बैठकले उक्त अधिवेशनका क्रममा भएका प्रक्रियाहरू विधान र कार्यविधि विपरीत भएको ठहर गर्दै खारेज गर्ने निर्णय गरेको हो।आयोगका अनुसार जिल्लाका उम्मेदवार र सदस्यहरूले दिएको सप्रमाण उजुरीका आधारमा अध्ययन गर्दा निर्वाचनमा गम्भीर त्रुटिहरू भेटिएको बताएको छ ।
निर्वाचित कार्य समितिका पदाधिकारीले चुनावी प्रतिस्पर्धामा सभापतिका दाबेदार रहेका महेश चौधरी र हरि रेग्मीको दबाबमा निर्वाचन प्रक्रिया बदर गरिएको आरोप लगाएका छन्।
केन्द्रको निर्णयविरुद्ध आफूहरू कानुनी लडाइँ लड्ने सचिव मदनराज जोशीले बताए ।
‘पाँच वटा निर्वाचन क्षेत्र र १३ वटा पालिकाका सभापति बसेर गरिएको निर्णयका आधारमा अधिवेशन सम्पन्न भएको हो । तर अहिले निर्वाचित समितिलाई मान्यता नदिने गरी निर्वाचन आयोगबाट पत्र आएको छ । यसबारे हामी कानुनी लडाइँ लड्छौँ,’ उनले भने।
सबै निर्वाचन क्षेत्र र पालिकाका पदाधिकारीले संयुक्त रूपमा हस्ताक्षर गरी केन्द्रमा पत्र पठाउने तयारीमा रहेको सचिव जोशीले बताए ।
अधिवेशनबाट कवीन्द्र ठकुल्लाको नेतृत्वमा १० सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण