उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाभर ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ भन्ने नाराका साथ आजदेखि विशेष सडक सचेतना अभियान सुरु गरेको छ ।
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । अनुसार अभियानअन्तर्गत सडक सुरक्षा, ट्राफिक नियमको पालना, चालक तथा यात्रुमा सचेतना अभिवृद्धिलगायतका विषयमा केन्द्रित गतिविधि सञ्चालन गरिनेछ ।
अभियानको पहिलो दिन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश काफ्ले पुतलीसडक लगायतका मुख्य चोकमा खटिएका थिए । उनले सवारी व्यवस्थापनसँगै चालकहरूलाई सडक लेनको प्रयोग, ट्राफिक नियमको पालना र सुरक्षित यात्राका विषयमा जानकारी गराएका थिए ।
प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले ट्राफिक प्रहरीको उद्देश्य जरिवाना मात्रै गर्ने नभई चालकलाई जिम्मेवार र अनुशासित बनाउनु रहेको बताए । उनले भने, “ट्राफिक प्रहरीको उद्देश्य जरिवाना मात्रै काट्ने होइन, सभ्य चालक र ट्राफिक नियम पालना गर्ने संस्कार विकास गराउनु हो ।”
ट्राफिक नियम उल्लङ्घनबाट हुने कारबाही तथा जरिवानाबाट चालकलाई सचेत गराउँदै सुरक्षित सडक यात्राको वातावरण निर्माण गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आजदेखि सुरु भएको सो अभियानले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधार गर्न तथा सवारी दुर्घटना न्यूनीकरण गर्नमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
यशोदा बराल बोल्दैगर्दा किन उठिन् आशिका ?
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवासम्बन्धी ३ बुँदे निर्देशन : जिल्लान्तर र अन्तर-स्थानीय तह सरुवामा रोक
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण