सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

भारतसँग देखिएको चिया निर्यातको समस्या तत्काल समाधान गरियोस् : जयन्तिदेवी राई

सोमबार, ०१ असार २०८३, १४ : २५
सोमबार, ०१ असार २०८३

सारांश

  • सांसद जयन्तिदेवी राईले भारतसँग देखिएको चिया निर्यातको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छिन्।
  • उनले भारततर्फ चिया निर्यात ठप्प हुँदा नेपाली चिया उद्योग बन्द हुने अवस्थामा पुगेको र १२ लाख किलोभन्दा बढी चिया भारतमा निर्यात नहुँदा बिक्री नहुने अवस्थामा रहेको बताइन्।
  • उनले किसानहरूलाई आत्मनिर्भर बनाउने र उनीहरूको श्रमको उचित मूल्य दिलाउने काममा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएकी छिन्।

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तिदेवी राईले भारतसँग देखिएको चिया निर्यातसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छिन्। 

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले चियासहित नेपाली किसानको उत्पादन निर्यातमा देखिएका सबै समस्या समाधान हुने गरी उपयुक्त विकल्प तय गर्न सरकारलाई सचेत गराएकी हुन्।

सांसद राईले भारततर्फको निर्यात ठप्प हुँदा नेपालका चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेकाले सरकारले उक्त समस्या समाधानका लागि तत्काल भारत सरकारसँग वार्ता गर्नुपर्नेमा जोड दिइन्।

नेपाली चिया किसान र उद्योगले भोग्नुपरेको सास्तीबारे संसद्मा बोल्दै उनले भनिन्, ‘नेपालमा चिया उद्योग बन्द हुने अवस्थामा छ। १२ लाख किलो भन्दा बढी चिया भारतमा निर्यात नहुँदा बिक्री नहुने अवस्थामा छ। पटक पटक भारतले क्वालिटी टेस्ट गर्ने भनेर लैजाने, फेरि १५, २० दिनसम्म नगर्ने अनि यस्तो अप्ठ्यारो बनाइरहने, यतिबेला उत्पादन भएको चिया पनि नष्ट हुने अवस्था हुँदाहुँदै अहिले यो स्थितिमा गुज्रिरहेको छ। त्यसकारण म सम्माननीय सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु कि सबैभन्दा पहिले भारतीय सरकारसँग यो व्यापारको बारेमा डाइलग होस्। र भारत मात्रै होइन, अरू देशहरूसँग पनि चिया मात्रै नभएर अरू किसानको उत्पादनहरू पनि बिक्री गर्ने विकल्पहरू खोजियोस्। किसानहरूको उत्पादनको बजारको सुनिश्चित गरियोस्। उनीहरूलाई आत्मनिर्भर बनाउने काम गरियोस्।’

सांसद राईले किसानहरूलाई आत्मनिर्भर बनाउने र उनीहरूको श्रमको उचित मूल्य दिलाउने काममा सरकार गम्भीर बन्नु जरुरी रहेको समेत उल्लेख गरिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप