सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘पेन्सन पट्टा’ अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि प्रदर्शन हुने

सोमबार, ०१ असार २०८३, १६ : १०
सोमबार, ०१ असार २०८३

सारांश

  • माओत्से गुरुङले निर्देशन गरेकाे फिल्म ‘पेन्सन पट्टा’ बेलायत र हङकङका साथै अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि प्रदर्शन हुने भएको छ ।
  • फिल्म प्रदर्शनमा लागि दि ब्याक ईभेन्ट्सले अस्ट्रेलिया र न्युजिल्याण्डको लागि अधिकार खरिद गरेको हो ।
  • पेन्सन पट्टाले मानिसको जीवनमा कस्तो किसिमको आशा जगाउँछ र त्यसको लागि के कस्तो सङ्घर्ष गर्नुपर्छ भन्ने विषयलाई मानवीयताको दृष्टिकोणबाट डोर्‍याउने कथावस्तु फिल्मले प्रस्तुत गर्नेछ ।

काठमाडौँ । माओत्से गुरुङले निर्देशन गरेकाे फिल्म ‘पेन्सन पट्टा’ बेलायत र हङकङका साथै अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि प्रदर्शन हुने भएको छ । 

फिल्म प्रदर्शनमा लागि दि ब्याक ईभेन्ट्सले अस्ट्रेलिया र न्युजिल्याण्डको लागि अधिकार खरिद गरेको हो । यससँगै ‘पेन्सन पट्टा’ले प्रदर्शनअघि नै विभिन्न अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण टिमले जनाएको छ ।

माओत्से गुरुङ फिल्मस्‌काे ब्यानरमा निर्माण भएको यो फिल्मले नेपाली समाज, परिवार, सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेको छ। यसअघि माओत्से गुरुङले निर्माण गरेका ‘पुरानो डुङ्गा’ र ‘दयारानी’ले स्वदेशसँगै विदेशमा पनि राम्रो चर्चा बटुलेको थियो । सोही कारण ‘पेन्सन पट्टा’प्रति विदेशी वितरक तथा नेपाली डायस्पोराको चासो उल्लेखनीय रूपमा बढेको निर्माण पक्षको विश्वास छ।

पेन्सन पट्टाले मानिसको जीवनमा कस्तो किसिमको आशा जगाउँछ र त्यसको लागि के कस्तो सङ्घर्ष गर्नुपर्छ भन्ने विषयलाई मानवीयताको दृष्टिकोणबाट डोर्‍याउने कथावस्तु फिल्मले प्रस्तुत गर्नेछ। 

दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सूरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर लगायतका कलाकारहरूको अभिनय रहेको फिल्मको छायाङ्कनमा सुशन प्रजापति, सम्पादनमा केर डी. कोइच लिनुच रहेका छन्।

डि.बी. गुरुङ प्रोडक्सन म्यानेजर रहेको फिल्ममा हर्क साउद, शिव बराइली र सूरज तमुका गीत तथा मनोज थापा मगर, शिव बराइली र सूरज तमुको संगीत छ।

फिल्मको बेलायत, हङकङ, अस्ट्रेलिया र न्युजिल्यान्डपछि अन्य मुलुकबाट समेत प्रदर्शन अधिकारबारे छलफल भइरहेको जनाइएको छ। निर्माण पक्षका अनुसार फिल्मप्रति विदेशी बजारमा देखिएको उत्साहले आगामी दिनमा थप अन्तर्राष्ट्रिय बजार खुल्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप