नेकपा माओवादीले गर्यो सचिवालय सदस्य उमा भुलेललाई जिम्मेवारी मुक्त
सोमबार, ०१ असार २०८३, १७ : २२
सारांश
- नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पार्टीका सचिवालय सदस्य उमा भुजेल सिलुलाई कारबाही गर्दै सबै जिम्मेवारीबाट मुक्त गरेको छ ।
- पार्टीको केन्द्रीय सचिवालय बैठकले उनलाई केन्द्रीय समिति लगायतका सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
- पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उमा भुजेललाई पार्टी कार्यदिशा, नेतृत्व र जनक्रान्ति विरुद्ध भड्काउवादी गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले पार्टीका सचिवालय सदस्य उमा भुजेल सिलुलाई कारबाही गर्दै सबै जिम्मेवारीबाट मुक्त गरेको छ ।
पार्टीको केन्द्रीय सचिवालय बैठकले उनलाई केन्द्रीय समिति लगायतका सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । माओवादी द्वन्द्वकालमा गोरखा जेल ब्रेकरको रूपमा उनी चर्चित छिन् ।
पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सचिवालय सदस्य कमरेड सिलुले केन्द्रीय समिति बैठकपछि महासचिवसँग गम्भीर छलफल हुँदाहुँदै पार्टी कार्यदिशा, नेतृत्व र जनक्रान्ति विरुद्ध भड्काउवादी गतिविधि सञ्चालन गरेकाले उहाँलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको छ ।’
बैठकले राजनीतिक, सांगठनिक, संघर्ष र प्रकाशनका क्षेत्रमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू समेत गरेको पत्रमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
-
समाजसेवी र कलाकारलाई माईजोगमाई सेवा समाजको सम्मान
-
कर्णालीको उद्योग, पर्यटन मन्त्रालयका लागि २ अर्ब ४६ करोड विनियोजन : पर्यटन दशक घोषणा
-
बागमतीले ५४ करोड ४० लाख रुपैयाँले घटायो बजेट (पूर्णपाठ)
-
शिक्षकलाई अन्तरजिल्ला र स्थानीय तहमा सरुवा गरी पदपूर्ति नगर्ने विषय के हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण