सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
सारांश
- एमालेसँग सहमति भएपछि सुदूरपश्चिम प्रदेश सरकारले मध्यराति आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने भएको छ।
- मुख्यमन्त्री कमलबहादुर शाह र नेकपा (एमाले) बीच आयोजना छनोट र बजेट सिलिङका विषयमा विवाद समाधान भएपछि बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो।
- यसपटक करिब ३८ अर्ब रुपैयाँभन्दा बढी आकारको बजेट ल्याउने तयारी गरिएको छ, जुन प्रदेशकै अहिलेसम्मकै ठूलो बजेट भएको दाबी गरिएको छ।
धनगढी । एमालेसँग सहमति भएपछि मध्यराति सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सत्ता साझेदार दलहरूबिच सहमति जुटेको मुख्यमन्त्रीको सचिवालयको जनाएको हो । मुख्यमन्त्री कमलबहादुर शाह र प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) बिच कुरा मिलेसँगै बजेट प्रस्तुत गर्ने बाटो खुलेको बताइएको हो ।
मुख्यमन्त्री शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबिच आयोजना छनोट र बजेट सिलिङका विषयमा कुरा नमिल्दा सोमबार दिनभर बजेट अन्योलमा परेको थियो । एमालेले बजेटमा आफ्ना महत्त्वपूर्ण योजनाहरू नसमेटिएको र सांसदहरूका क्षेत्रगत योजनामा विभेद गरिएको भन्दै कडा असन्तुष्टि जनाएको थियो ।
स्रोतका अनुसार एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बजेट भागबण्डा र मन्त्रालयगत योजनाका विषयमा अन्तिम समयसम्म कडा अडान बार्गेनिङ राखेका थिए ।
अन्तिममा मुख्यमन्त्री शाह एमालेका अधिकांश मागहरू सम्बोधन गर्न सकारात्मक बनेपछि सहमति भएको हो। सहमति जुटे लगत्तै राति मन्त्रिपरिषद् बैठक बसेर बजेटलाई अन्तिम रूप दिइँदै छ । मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि अब आर्थिक मामिला मन्त्रीले प्रदेश सभामा बजेट पेस गर्ने संवैधानिक व्यवस्था छ ।
सुदूरपश्चिम सरकारले यस पटक करिब ३८ अर्ब रुपैयाँभन्दा बढी आकारको बजेट ल्याउने तयारी गरेको छ । यो प्रदेशकै अहिलेसम्मकै ठुलो बजेट भएको दाबी गरिएको छ। बजेटको आकार बढाउन चालु आर्थिक वर्षको सम्भावित बचत, आन्तरिक राजस्व वृद्धि र प्राकृतिक स्रोतबाट प्राप्त हुने आम्दानीलाई आधार बनाइएको सरकारले जनाएको छ ।
यसअघि साँझ ५ बजेका लागि तय गरिएको बजेट भाषण दलहरूबिचको कलहका कारण प्रभावित भएको थियो। एमालेलाई मनाउन मुख्यमन्त्री शाहलाई निकै सकस परेको थियो ।
अहिले प्रदेश सभा सचिवालयले बजेट प्रस्तुतिका लागि आवश्यक तयारी पुरा गरिसकेको छ । मन्त्रिपरिषद् बैठक सकिए लगत्तै राति अबेर भए पनि प्रदेश सभामा बजेट भाषण सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण