अमेरिकी राष्ट्रपति ट्रम्प र इराकी प्रधानमन्त्री जैदीबिच भेटवार्ता हुने
काठमाडाैँ । आगमाी जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली अल–जैदीकबिच ह्वाइट हाउसमा भेटवार्ता हुने बगदाद स्थित अमेरिकी दूतावासले मङ्गलबार जनाएको छ।
राष्ट्रपतिका विशेष दूत ब्याराकले राष्ट्रपति ट्रम्प यस सम्बन्ध बारे छलफल गर्न जुलाईको मध्यमा ह्वाइट हाउसमा प्रधानमन्त्री अल–जैदीलाई स्वागत गर्न तत्पर रहेको बताए । इराकी नेता र इराकका लागि ट्रम्पका विशेष दूत टम ब्याराकको संयुक्त विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको जनाइएको छ।
इराकको राजधानी बगदादको बाराकको भ्रमणका क्रममा उनले इराकका सशस्त्र समूहहरूलाई निशस्त्रीकरण र विघटन गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्दा यस्तो घोषणा गरिएको जनाइएको छ।
अमेरिकाले हालै इरान समर्थित समूहहरूलाई निशस्त्र बनाउन बगदाद माथि दबाब बढाएको छ। मे महिनाको सुरुमा, वासिङ्टनले उक्त समूहहरू विरुद्ध “ठोस कदम“ चालेपछि इराकमा वित्तीय हस्तान्तरण र सुरक्षा सहयोग पुनः सुरु गर्ने प्रतिवद्धता गरेको थियो।
अप्रिल–८ मा युद्धविराम लागु हुनु अघि फेब्रुअरीको अन्त्यमा पश्चिम एसिया युद्ध सुरु भएपछि सशस्त्र समूहहरूले इराकमा अमेरिकी सुविधाहरू विरुद्ध आक्रमणहरू सुरु गरेका थिए।
अमेरिकाले केही गुटहरूमा पनि आक्रमण गरेको छ, जसले वासिङ्टन र बगदादबिचको सम्बन्धलाई तनावपूर्ण बनाएको छ।
गत मे महिनाको मध्यमा कार्य–भार सम्हालेका अल–जैदीले राज्यले हतियारमा एकाधिकार कायम राख्ने आश्वासन दिएका छन्। उनले वासिङ्टनसँग व्यापार र लगानी सम्बन्धलाई बलियाे बनाउने इराकको प्रतिबद्धतालाई पनि दोहोर्याएका छन् ।
इरान र संयुक्त राज्य अमेरिकाले सोमबार मध्यपूर्व युद्धको अन्त्य गर्ने सम्झौताको घोषणा गरेका थिए। इराक लामो समयदेखि संयुक्त राज्य अमेरिका र इरानबिचको युद्धको मैदान बनेको छ, भने सरकारका प्रतिनिधिहरूले गातार तिनीहरूबीच सन्तुलन कायम राख्नका लागि वार्ता गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय बजेट बेलुन फुलेजस्तो, प्रदेश बजेट चाहिँ कस्तो ?
-
सडक निर्माण भ्रष्टाचार मुद्दामा निर्माण व्यवसायीसहित चार जनाले पाए सफाइ
-
विश्वविद्यालयका उपकुलपति उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म
-
नेकपा कोशी प्रदेशको कार्य विभाजन टुङ्गियाे, जिल्ला र विभागहरूमा जिम्मेवारी बाँडफाँड
-
के हो ई-पासपोर्ट छपाई प्रकरण, किन पक्राउ परे राहदानी विभागका महानिर्देशक ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गाैतमलाई थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण