बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

चिया निर्यातमा देखिएको समस्या समाधानको लागि कूटनीतिक पहल भइरहेको छ : उद्योगमन्त्री

बुधबार, ०३ असार २०८३, १४ : ०७
बुधबार, ०३ असार २०८३

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले भारतमा नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानको लागि कूटनीतिक पहल भइरहेको बताएकी छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेट छलफलमा बोल्दै उनले यस्तो बताएकी  हुन् । उनले केही दिनदेखि नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानको लागि सरकारले कूटनीतिक रुपमा पहल गरिरहेको जानकारी दिइन् । 

उनले भनिन्,‘ मन्त्रालयले चिया निर्यातमा देखिएका प्राविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको छ ।’

उनले चिया तथा अलैँची भण्डारको समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धी क्षेत्रका उद्यमी र व्यवसायीहरूसँगको लागत साझेदारीमा वयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेको पनि बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप