बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

विजय र रश्मिकाको ‘राणाबाली’ मा हलिउडका भिलेन अर्नोल्ड वोस्लु

बुधबार, ०३ असार २०८३, १४ : ३०
बुधबार, ०३ असार २०८३

सारांश

  • विजय देवरकोंडा र रश्मिका मन्दाना अभिनित फिल्म ‘राणाबाली’ मा हलिउड अभिनेता अर्नोल्ड वोस्लु खलपात्रको रूपमा देखिने भएका छन् ।
  • हलिउडका चर्चित अभिनेता अर्नोल्ड वोस्लुले ‘द मम्मी’ फिल्ममा ‘इम्होतेप’ को चरित्रबाट पहिचान बनाएका थिए ।
  • १९औँ शताब्दीको ब्रिटिस शासनकालको पृष्ठभूमिमा आधारित यो प्यान–इन्डिया पिरियड एक्सन–ड्रामा फिल्म ११ सेप्टेम्बर २०२६ मा रिलिज हुनेछ ।

मुम्बई । विजय देवरकोंडा र रश्मिका मन्दाना मुख्य भूमिकामा देखिने फिल्म ‘राणाबाली’ मा खलपात्रको रूपमा हलिउड अभिनेता अर्नोल्ड वोस्लु देखिने भएका छन् । हलिउडको चर्चित फिल्म ‘द मम्मी’ मा ‘इम्होतेप’ को डरलाग्दो खलनायक चरित्रबाट विश्वभर पहिचान बनाएका अभिनेता वोस्लुले यसै फिल्म मार्फत बलिउड डेब्यु गर्न लागेका हुन् ।

फिल्मका निर्माताहरूले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अर्नोल्ड वोस्लूको एक विशेष र शक्तिशाली लुक्स सार्वजनिक गर्दै उनको अभिनयका विषयमा औपचारिक जानकारी दिएको हो । सार्वजनिक गरिएको पोस्टरमा अर्नोल्ड कालो र सुनौलो रङको शाही पहिरनमा सिंहासनमा बसेको पुराना शासकको रूपमा देखिएका छन् ।

फिल्म ११ सेप्टेम्बर २०२६ मा विश्वभरका सिनेमा घरहरूमा रिलिज हुने तयारीमा छ । यो एक प्यान–इन्डिया पिरियड एक्सन–ड्रामा फिल्म हो । 

१९औँ शताब्दीको ब्रिटिस शासनकालको पृष्ठभूमिमा आधारित रहेर फिल्म बनाइएको बताइएको छ । अर्नोल्ड वोस्लूको भिलेन अवतार सार्वजनिक भएपछि दर्शकहरूको फिल्मप्रति चासो बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप