लेबनानमा युद्धविराम गर्न जी–सेभेन राष्ट्रहरूको माग
काठमाडौँ । फ्रान्सको एभियाँ–ले–बाँ नगरमा बुधबार सम्पन्न जी–सेभेन शिखर सम्मेलनमा सहभागी विश्वका प्रमुख औद्योगिक राष्ट्रका नेताहरूले लेबनानमा तत्काल युद्धविराम गर्न माग गरेका छन्।
साथै उनीहरूले इरानसँग भएको अन्तरिम सम्झौताको स्वागत गर्दै विश्व ऊर्जा आपूर्तिलाई थप सुरक्षित बनाउन नयाँ रणनीति अपनाउने बताएका छन्।
नेताहरूले पश्चिम एसियामा भएको युद्धका कारण विश्व ऊर्जा बजारमा देखिएको अस्थिरताप्रति चिन्ता व्यक्त गर्दै भविष्यमा स्ट्रेट अफ हर्मुजमाथिको निर्भरता कम गर्ने निर्णय गरेका छन्।
जी–सेभेन देशहरूको भनाइमा, तेल र ग्यास आपूर्तिका वैकल्पिक मार्गहरू विकास गरी ऊर्जा सुरक्षालाई बलियो बनाइनेछ । हर्मुज विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक भएकाले त्यहाँको कुनै पनि अवरोधले विश्व अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने गरेको छ।
अमेरिका र इरानबिच युद्ध अन्त्यका लागि भएको युद्धविराम सम्झौताको औपचारिक घोषणा शुक्रबार स्विट्जरल्यान्डमा हुने अपेक्षा गरिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण