प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
सारांश
- प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ ।
- बैठकमा शिक्षा, विज्ञान, कानुन, पूर्वाधार, गृह, ऊर्जा, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि छलफल हुनेछ ।
- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्नेछन् ।
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बुधवारको बैठकमा विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूको जवाफ दिने र विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ ।
सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका जिज्ञासाको स्पष्टीकरण दिने कार्यक्रम छ । कार्यसूचीअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि छलफल हुनेछ ।
साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमा उठेका प्रश्नहरूको पनि सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।
बैठकमा सभामुखले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमा २० जना सदस्यहरूले प्रस्तुत गर्नुभएको खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । खर्च कटौतीको प्रस्ताव पेश गर्ने सदस्यहरूमा कृपाराम राना, युवराज दुलाल, पार्वती विक, एशुदाकुमारी बराल, जोग कुमार बरबरिया यादव, गुरुप्रसाद बराल, सन्तोष सुब्बा, मोहमद इस्तियाक राई, नीता घतानी, बलावती शर्मा, परशुराम तामाङ, विष्णुमाया वि।क।, अर्जुनकुमार कार्की, यज्ञबहादुर बोगटी, नरेन्द्र कुमार केरुङ, ऐनबहादुर महर, रमेशकुमार मल्ल, पुष्प राज कंडेल, साजिदा खातुन सिद्धिकी र पद्माकुमारी अर्याल रहेका छन्।
व्यवस्थापन कार्य अन्तर्गत आजै विनियोजन विधेयक, २०८३ का विभिन्न दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । तत्पश्चात् अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण