शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अरू नेता देश दौडाहामा, ओली पार्टी कार्यालयमा (तस्बिरहरू)

शुक्रबार, ०५ असार २०८३, १४ : ३१
शुक्रबार, ०५ असार २०८३

काठमाडौँ । नेकपा एमालेका धेरै नेताहरू देश दौडाहामा निस्केका बेला अध्यक्ष केपी शर्माओली भने पार्टी कार्यालयमा पुगेका छन् । चुनावी समीक्षा तथा पार्टी पुनर्गठनको समीक्षाका लागि उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, पीएस गुरुङ तथा महासचिव शंकर पोखरेलसहितका नेताहरू जेठ ३० गतेदेखि देश दौडाहामा निस्केका हुन् । 

kp-sharma (1)

उनीहरू कोशी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम हुँदै गण्डकी प्रदेशमा चुनावी समीक्षाका लागि हिँडेका हुन् । तर, अध्यक्ष ओली भने समीक्षा कार्यक्रममा भौतिक रूपमा सहभागी भएका छैनन् । बरु अरू नेताहरू जिल्ला तथा प्रदेशमा गएका बेला अध्यक्ष ओली भने शुक्रबार पार्टी कार्यालय च्यासल पुगेका छन् । 

kp-sharma (2)

‘त्यस्तो विशेष कार्यक्रम छैन, सामान्य भेटघाटका लागि अध्यक्ष आज पार्टी कार्यालय आउनुभएको हो’, एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीको भनाइ छ । गत फागुनको निर्वाचनपछि विरलै मात्र पार्टी कार्यालय पुगेका ओली अब भने नियमित पार्टी कार्यालय जानेबारे छलफल भइरहेको ओलीको सचिवालयले जनाएको छ ।

kp-sharma (3)kp-sharma (4)kp-sharma (5)kp-sharma (6)kp-sharma (7)kp-sharma (8)kp-sharma (9)kp-sharma (10)kp-sharma (11)kp-sharma (12)kp-sharma (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप