हैटीविरुद्ध ब्राजिलको अग्रता
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को खेलमा ब्राजिलले हैटीविरुद्ध अग्रता लिएको छ।
- खेलको २३औँ मिनेटमा हैटीका डिफेन्डर एच। डेलक्रोइक्सले आत्मघाती गोल गरेपछि ब्राजिल १-० ले अगाडि बढेको हो।
- ब्राजिलले सुरुदेखि नै खेलमा नियन्त्रण कायम राखेको थियो।
फिलाडेल्फिया । फिलाडेल्फिया स्टेडियममा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले हैटीविरुद्ध १–० को अग्रता बनाएको छ। खेलको २७औँ मिनेटसम्म ब्राजिल अघि रहेको छ।
ब्राजिलका लागि २३औँ मिनेटमा माथेउस कुन्हाले गोल गरेका हुन्। भिनिसियस जुनियरको प्रहार हैटीका गोलरक्षकले रोकेपछि उत्पन्न भएको अवस्थाबाट हैटीका डिफेन्डर हान्स डेलक्रोइक्सको खुट्टामा लागेर बल कुन्हातर्फ पुगेको थियो। त्यसपछि बल जाली चुम्दै ब्राजिलले खेलमा अग्रता बनायो। गोल कुन्हाकै नाममा राखिएको छ, यद्यपि सुरुआती प्रतिक्रियामा यसलाई आत्मघाती गोल हुनसक्ने चर्चा पनि गरिएको थियो।
गोलपछि खेल केही समय रोक्दै खेलाडीहरूलाई हाइड्रेसन ब्रेक दिइएको छ।
यस समूहमा यसअघि मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गरेपछि शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेको ब्राजिललाई नकआउट चरणको सम्भावना बलियो बनाउन जित आवश्यक छ भने हैटी लगातार दोस्रो हारबाट बच्न संघर्षरत छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक हुने
-
‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’
-
बास्तोला कम्प्लेक्सको संरचनामा पोखरा महागरले चलायो डोजर (तस्बिरहरू)
-
बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन
-
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे
-
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा काठमाडौँमा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण