शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

हैटीविरुद्ध ब्राजिलको दोस्रो गोल

शनिबार, ०६ असार २०८३, ०६ : ५६
शनिबार, ०६ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को खेलमा ब्राजिलले हैटीविरुद्ध २-० को अग्रता बनाएको छ।
  • ब्राजिलका लागि दुवै गोल माथेउस कुन्हाले गरेका छन्, जसले २३औं र ३६औं मिनेटमा गोल गरे।
  • यो नतिजा ब्राजिलका लागि महत्वपूर्ण छ जसले समूह चरणमा तीन अंक जोड्दै नकआउट चरणतर्फ बलियो कदम चाल्नेछ।

फिलाडेल्फिया स्टेडियममा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले हैटीविरुद्ध २–० को आरामदायी अग्रता बनाएको छ। खेलको ३७औँ मिनेटसम्म ब्राजिल नियन्त्रणमा देखिएको छ।

ब्राजिलका लागि दुवै गोल माथेउस कुन्हाले गरेका छन्। उनले २३औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए।

पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरी खेलेको ब्राजिलका लागि यो नतिजा अत्यन्त महत्वपूर्ण छ। हैटी भने लगातार दोस्रो हारतर्फ उन्मुख देखिएको छ।

कुन्हाको उत्कृष्ट प्रदर्शनसँगै ब्राजिलले आक्रमणमा निरन्तर दबाब सिर्जना गरिरहेको छ भने हैटीले खेलमा फर्किन थप संघर्ष गर्नुपर्ने अवस्था बनेको छ। यदि यही नतिजा कायम रहे ब्राजिल समूह ‘सी’ मा महत्वपूर्ण तीन अंक जोड्दै नकआउट चरणतर्फ बलियो कदम चाल्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप