फिफा विश्वकप २०२६
खेल सुरु भएको ६५ सेकेन्डमै टर्कीविरुद्ध पाराग्वेकाे गोल
शनिबार, ०६ असार २०८३, ०८ : ५०
सारांश
- फिफा विश्वकप २०२६ को समूह चरणमा टर्की र पाराग्वेबीचको खेलमा पाराग्वेले २ मिनेटमै अग्रता लिएको छ।
- मारियो गालार्जाले गोल गरेपछि पाराग्वे १-० ले अघि बढेको हो।
- सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी खेलमा टर्की दबाबमा देखिएको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६काे समूह चरणअन्तर्गत टर्की र पाराग्वेबीचको खेल सुरु भएको दोश्रो मिनेटमै पाराग्वेले अग्रता लिएको छ।
खेल सुरु भएको ६५ सेकेन्डमै पाराग्वेका मारियो गालार्जाले गोल गर्दै आफ्नो टोलीलाई १–० ले अघि पारेका हुन्। उक्त गोलका लागि जोआन एनसिसोले असिस्ट दिएका थिए।
टर्की सुरुवातमै दबाबमा परेको छ । खेल सान फ्रान्सिस्को बे एरिया स्टेडियममा जारी छ।
अझै धेरै समय बाँकी रहेकाले खेलको नतिजा खुला अवस्थामा रहेको छ र दुवै टोलीबीच प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
-
हिमाली हावा र हिमशृंखलाको अनुभव लिन ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)
-
नागढुंगा–नौबिसे–मलेखु सडक खण्डमा पहिरो व्यवस्थापनका लागि द्रुत टोली परिचालन
-
जग्गा विवादमा हत्या गरेर २० वर्षदेखि फरार अभियुक्त जेल चलान
-
१० खेलाडीमा सीमित पाराग्वेले टर्कीलाई हरायो
-
प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण