शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

नागढुंगा–नौबिसे–मलेखु सडक खण्डमा पहिरो व्यवस्थापनका लागि द्रुत टोली परिचालन

आकस्मिक सम्पर्क नम्बर सार्वजनिक
शनिबार, ०६ असार २०८३, ११ : ०९
शनिबार, ०६ असार २०८३

सारांश

  • पृथ्वी राजमार्गको नागढुंगा-नौबिसे-मलेखु सडक खण्डमा मनसुनजन्य विपद् र पहिरोको जोखिमलाई मध्यनजर गर्दै तत्काल सडक खुलाउन द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।
  • सडक विभाग तथा सम्बद्ध आयोजनाले झ्याप्ले खोला, चारकिला, सत्किला, कमेरे भिर, चिराउँदी पुल, जारेखेत, चालिसे र परेवा भिर लगायतका क्षेत्रहरूलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ ।
  • आयोजनाले विपद्को समयमा यात्रु तथा स्थानीयले सिधै सम्पर्क गर्न सक्ने गरी बुलेटिन जारी गर्दै आवासीय इन्जिनियरदेखि मेसिन अपरेटरसम्मको सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गतको नागढुंगा–नौबिसे–मलेखु सडक खण्डमा मनसुनजन्य विपद् र पहिरोको जोखिमलाई मध्यनजर गर्दै तत्काल सडक खुलाउन द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ । वर्षाका कारण सडक अवरुद्ध हुनसक्ने सम्भावित क्षेत्रहरू पहिचान गरी आवश्यक हेभी इक्विपमेन्ट (एस्काभेटर, ब्याकहो लोडर र टिपर) र जनशक्ति तयारी अवस्थामा राखिएको आयोजनाले जनाएको छ ।

सडक विभाग तथा सम्बद्ध आयोजनाका अनुसार यस सडक खण्डलाई विभिन्न चार भागमा विभाजन गरी पहिरो नियन्त्रण तथा राजमार्ग सुचारु राख्ने संयन्त्र तयार पारिएको छ। विशेषगरी झ्याप्ले खोला, चारकिला, सत्किला, कमेरे भिर, चिराउँदी पुल, जारेखेत, चालिसे र परेवा भिर लगायतका क्षेत्रहरूलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ ।

विपद्को समयमा यात्रु तथा स्थानीयले सिधै सम्पर्क गर्न सक्ने गरी आयोजनाले बुलेटिन जारी गर्दै आवासीय इन्जिनियरदेखि मेसिन अपरेटरसम्मको सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई मौसम प्रतिकूल भएको अवस्थामा सावधानी अपनाउन र सडक अवरुद्ध भएमा वा पहिरो गएमा तत्काल यी तोकिएका नम्बरहरूमा सम्पर्क गरी जानकारी दिन आयोजनाले अनुरोध गरेको छ।

727680342_4451191988459895_7456854197738595456_n
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप