शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० जना घाइते

शनिबार, ०६ असार २०८३, १२ : १२
शनिबार, ०६ असार २०८३

सारांश

  • उदयपुरमा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दिप एजुकेसन बोर्डिङ स्कुलको स्टाफ बोकेको बस उदयपुर गढी गाउँपालिका–०७ जोगिटोलस्थित सडकमा दुर्घटना भएको हो ।
  • दुर्घटनामा महोत्तरीको बर्दिबास नगरपालिकाका बिमलेश दत्तको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

काठमाडौँ । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको उक्त दुर्घटनामा परेर ३० जना घाइते भएका छन् । 

महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दिप एजुकेसन बोर्डिङ स्कुलको स्टाफ बोकेको बा २ ख ६४३८ नम्बरको बस उदयपुर गढी गाउँपालिका–०७ जोगिटोलस्थित सडकमा दुर्घटना भएको हो ।

दुर्घटनामा महोत्तरीको बर्दिबास नगरपालिका बिमलेश दत्तको मृत्यु भएको छ । उनको उपचारका क्रममा बिहान ९ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुई जना गम्भीर घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने २८ जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा सवार दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । 

बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप