मुस्ताङमा चक्रपथ निर्माण
मुस्ताङ । जिल्लाकाे थासाङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ । वि.सं २०७७ मा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’योजनाअन्तर्गत सडक निर्माण गरिएको हो ।
सङ्घीय सरकारअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङका अनुसार चक्रपथ निर्माणपछि कालीगण्डकी नदी पारी रहेका चार वटा वडाका स्थानीयलाई सहज भएको छ । चक्रपथ निर्माणका लागि रु ३८ करोड ८८ लाखमा महालक्ष्मी हिमाली जेभी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो ।
सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीका अनुसार थासाङ गाउँपालिकाको चार वडाहरु जोड्ने चक्रपथका लागि बजेट अभाव हुँदा तोकिएको समयमा सम्पन्न हुन सकेको थिएन । वि.सं २०८० पुस ६ गते सम्पन्न भइसक्नुपर्ने थासाङ रिङरोड सडक बजेट अभाव हुँदा म्याद थपभई चालु वर्षको असार ३० गतेसम्म कायम गरिएको थियो ।
थासाङ गाउँपालिकाको लेते, छयो, कुज्जो, टिटी, धम्पु हुँदै कोखेठाँटीसम्मको सडकमा डिबिएसडी प्रविधिको कालोपत्र सडक निर्माण सम्पन्न भएको इन्जिनियर भण्डारीले बताए । थासाङस्थित चार वडा वडाका गाउँहरु जोड्ने रणनीतिक महत्वको चक्रपथ सडकका लागि आठ दशमलव पाँच मिटर चौडा हुने गरी १० किलोमिटर सडकमा कालोपत्र गरिएको इन्जिनियर भण्डारीले उल्लेख गरे ।
रिङरोड सडकअन्तर्गत छयोदेखि कोखेठाँटीसम्मको दूरीमा सडक स्तरोन्नति गरी कालोपत्र गरिएको हो । सडकको सम्पूर्ण काम सम्पन्न भई ‘रोड मार्किङ’ र ‘ट्राफिक साइन पोष्टिङ’ लगायतका काम सकिएका छन् ।
थासाङ गाउँपालिकास्थित (बेनी–जोमसोम) मुख्य राजमार्ग सडकलाई जोड्ने गरी रणनीतिक महत्वको सडक निर्माण सम्पन्न भएको थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनले बताए ।
उनले कालीगण्डकी पारीका चार वडाहरुलाई जोड्ने रिङरोड सडक सम्पन्न भएको र प्रदेश सरकारबाट कार्यान्वयनमा आएको कालीगण्डकी नदीमा निर्माणाधीन लेते–छयो र लेते–धम्पु जोड्ने पुल सम्पन्न भएमा थासाङका सबै गाउँमा सडक पहुँच स्थापित हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा टाल्ने ‘सुपर–ग्लु’ नबनोस् चितवन महाधिवेशन
-
कक्षा १२ को नतिजा छिटो ल्याउन उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन : शिक्षामन्त्री
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
-
क्यानडालाई झट्का, स्टार मिडफिल्डर विश्वकपबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण