फिफा विश्वकप २०२६
ब्रायन ब्रोबी चम्किएपछि नेदरल्याण्ड्सको दोब्बर अग्रता
शनिबार, ०६ असार २०८३, २३ : ०७
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत ह्युस्टन स्टेडियममा जारी खेलमा नेदरल्याण्ड्सले स्विडेन विरुद्ध २-० को अग्रता लिएको छ ।
- नेदरल्याण्ड्सका लागि स्ट्राइकर ब्रायन ब्रोबीले खेलको ५ औँ र १७ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका हुन् ।
- डेन्जेल डम्फ्रीजको पासमा ब्रोबीले १७ औँ मिनेटमा दोस्रो गोल गरेका थिए ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत ह्युस्टन स्टेडियममा जारी खेलमा नेदरल्याण्ड्सले स्विडेन विरुद्ध आफ्नो पकड अझ बलियो बनाएको छ । खेलको सुरुवाती समयमै नेदरल्याण्ड्सले २–० को सहज अग्रता लिन सफल भएको छ ।
नेदरल्याण्ड्सका लागि स्ट्राइकर ब्रायन ब्रोबी ले सानदार प्रदर्शन गर्दै व्यक्तिगत दोस्रो गोल गरेका छन्। खेलको ५ औँ मिनेटमा पहिलो गोल गरेका ब्रोबीले १७ औँ मिनेटमा पुनः गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका हुन् । यसपटक उनलाई गोल गर्न डेन्जेल डम्फ्रीजले उत्कृष्ट पास मिलाइदिएका थिए ।
सुरुवाती २० मिनेट नबित्दै दुई गोलको अग्रता बनाएपछि नेदरल्याण्ड्स अहिले खेलमा पूर्ण रूपमा हावी देखिएको छ । समूहको शीर्ष स्थानमा रहेको स्विडेनलाई भने यो सुरुवाती झट्काले निकै दबाबमा पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण