चीनमा लगानी सम्मेलन गर्दै नेपाल
काठमाडौँ । चीनस्थित नेपाली दूतावासले त्यहाँ लगानी सम्मेलनको आयोजना गर्ने भएको छ ।
जुलाइ २–३ (असार १८ र १९) चीनको राजधानीमा बेइजिङमा हुने सो सम्मेलनमा चीनका उद्योगी व्यवसायी, लगानी कर्ताहरूको सहभागी रहने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा नेपालबाट पनि उद्योगी, व्यापारीहरू सहभागी हुने बताइएको छ ।
यहाँबाट कोही सरकारी अधिकारी जाने कि नजाने अझै टुंगो लागेको छैन । को–को जाने त्यसको पनि हालसम्म टुंगो लाग्न सकेको छैन । परराष्ट्र मन्त्रालयको समन्वयमा लगानी सम्मेलनको तयारी चलिरहेको हो ।
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा गएका बेला पनि नेपाली दूतावासले एकदिने लगानी सम्मेलनको आयोजना गरेको थियो । त्यस सम्मेलनमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतीकरण गरिएको थियो ।
उक्त सम्मेलनको उद्घाटन गर्दै मन्त्री खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए । नेपालको आर्थिक अवसर तथा जनसांख्याकीय सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न नेपाल प्रतिबद्ध रहेको धारणा उनले राखेका थिए ।
नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा आयोजित सम्मेलनकै अवसरमा मन्त्री खनालले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग भेटघाट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपालाई नेपालमा राजा चाहिन्छ भन्नेहरुको पनि भोट छ : राजेन्द्र लिङ्देन
-
उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्रको संस्थागत गुणस्तर सुधाछौँ : स्वर्णिम वाग्ले
-
मुलुक परिवर्तनका लागि रास्वपाले विकृति र विसंगति अन्त्य गर्न सकोस् : उपेन्द्र यादव
-
रास्वपाको राजनीतिक पुनर्जागरणको प्रारम्भ भयो : स्वर्णिम वाग्ले (पूर्णपाठ)
-
बुवाआमासँग पैसा धुत्न १२ वर्षीय छोरीले आफ्नै अपहरणको नाटक गरेपछि...
-
रास्वपा महाधिवेशनलाई डा. सीके राउतले भने– यो क्रान्तिको महोत्सव पनि हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण