बुवाआमासँग पैसा धुत्न १२ वर्षीय छोरीले आफ्नै अपहरणको नाटक गरेपछि...
रियो द जेनरियो । ब्राजिलको सान्ता कातारीना राज्यस्थित इटाइओपोलिस नगरमा १२ वर्षीया एक बालिकाले आफ्नै अपहरणको नाटक रचेर अभिभावकबाट पैसा असुल्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ ।
बालिका राति १२ बजेदेखि आफ्नो घरबाट हराएकी थिइन् । त्यसपछि उनले आफ्ना आमाबुवालाई सन्देश पठाउँदै आफू अपहरणमा परेको दाबी गरिन् । सन्देशमा उनले अपहरणकारीहरूले आफूलाई ज्यान मार्ने धम्की दिएको र दुर्व्यवहार गरेको समेत भनेकी थिइन् ।
छोरीको ज्यानै जाने हो कि भनेर डराएका अभिभावकले तुरुन्तै प्रहरीलाई खबर गरे । त्यसपछि नजिकैको माफ्रा सहरको आपराधिक अनुसन्धान शाखाले बालिकाको खोजी तथा कथित अपहरणकारीहरूको पहिचानका लागि अनुसन्धान सुरु गर्यो ।
बिहान करिब ११ बजे तिरबालिकाले पुनः आफ्ना अभिभावकलाई सन्देश पठाइन् । यसपटक उनले अपहरणकारीहरूले आफूलाई नमारून् भनेर निश्चित रकम फिरौती दिनुपर्ने माग गरिन् । परिवारले रकम जुटाउने तयारी गरिरहेकै बेला प्रहरीले केही घण्टापछि बालिकालाई इटाइओपोलिसको ग्रामीण क्षेत्रस्थित एक घरमा फेला पार्यो ।
विशेष प्रहरी टोलीले अपहरणकारीसँग सामना गर्न र बालिकाको उद्धार गर्न तयारी गरेको थियो । तर घटनास्थलमा पुग्दा त्यहाँ कुनै अपहरणकारी थिएनन् । बालिका पूर्ण रूपमा सुरक्षित अवस्थामा भेटिइन् । प्रहरीको सोधपुछका क्रममा उनले सम्पूर्ण अपहरणको कथा आफैंले बनाएको स्वीकार गरिन् । आर्थिक रूपमा कमजोर अभिभावकबाट पैसा निकाल्ने उद्देश्यले अपहरणको नाटक गरेको उनले बताएकी थिइन् ।
प्रहरीले बालिकाविरुद्ध जबरजस्ती रकम असुल्ने अपराधसँग मिल्दोजुल्दो कार्य गरेको आरोप लगाएको छ । तर उनको उमेर केवल १२ वर्ष भएकाले उनीमाथि कस्तो कानुनी कारबाही हुन्छ भन्ने विषय अझ स्पष्ट छैन । यो घटना जुन ४ को हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेस सशक्त रूपमा उभिन्छ : गगन थापा
-
पाकिस्तानी मध्यस्थकर्ताहरूसँगको भेटमा नेतन्याहुसम्बन्धी प्रश्नमा भान्स मौन
-
सरकारबारे प्रश्न उठाउनेलाई बालेनको जवाफ : हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ
-
रास्वपा कांग्रेसको प्रतिस्पर्धी हो, दुस्मन होइन : गगन थापा
-
रवि-बालेनले अबको ३० वर्ष देशको नेतृत्व गर्नुपर्छ, हामीले सहयोग गर्नुपर्छ : बाबुराम भट्टराई (पूर्णपाठ)
-
उदयपुरबाट लागुऔषधसहित ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण