रास्वपा कांग्रेसको प्रतिस्पर्धी हो, दुस्मन होइन : गगन थापा
सारांश
- कांग्रेस सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेसको प्रतिस्पर्धी भएको तर दुस्मन नभएको बताएका छन् ।
- थापाले रास्वपाको उदयले कांग्रेसलाई आफ्नो कार्यशैली सुधार्न अप्ठ्यारो पारेको र त्यो लोकतन्त्रका लागि सुखद पक्ष भएको बताए ।
- उनले गरिबी, अज्ञानता, विभेद र अक्षमता नै देशको मुख्य दुस्मन भएको उल्लेख गर्दै सबै मिलेर यसको विरुद्ध लड्नुपर्ने बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिस्पर्धी भएको तर, दुस्मन नभएको बताएका छन् । रास्वपाको चितवनमा सुरु पहिलो महाअधिवेशनमा शुभकामना दिँदै थापाले रास्वपा र कांग्रेसबिचको सम्बन्धबारे धारणा व्यक्त गरे ।
‘नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिस्पर्धी हो, दुस्मन होइन। हामी तपाईंहरूभन्दा अग्लो बन्न चाहन्छौँ र बन्छौँ पनि, तर तपाईंहरूलाई कमजोर बनाएर होइन, राम्रो कर्म गरेर र जनताको मन जितेर मात्र,’ थापाले भने ।
उनले रास्वपाको उदयले कांग्रेसलाई पनि आफ्नो कार्यशैली सुधार्न अप्ठ्यारो पारेको र त्यो लोकतन्त्रका लागि सुखद पक्ष भएको टिप्पणी गरे ।
रास्वपाबाट कांग्रेसले सिक्ने धेरै कुराहरू रहेको स्वीकार गर्दै थापाले इतिहासलाई भने पूर्णतः नकार्न नमिल्ने बताए । ‘३५ वर्षमा केही भएको छैन नभन्नुहोला र पञ्चायत विरुद्धको सङ्घर्षलाई नबिर्सनुहोला,’ उनले भने । थापाले गरिबी, अज्ञानता, विभेद र अक्षमता नै देशको मुख्य दुस्मन भएको उल्लेख गर्दै सबै मिलेर यसको विरुद्ध लड्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र विज्ञ भन्छन्– सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती
-
‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’
-
नागरिकता लिए पनि अधिकार उपभोग गर्न नपाएकोमा एनआरएनहरूको गुनासो
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण