आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

डिम्ब तस्करी विरुद्ध विरोध प्रदर्शन

आइतबार, ०७ असार २०८३, १७ : ५७
आइतबार, ०७ असार २०८३

काठमाडौँ । जेनजी पुस्ताका किशोरीहरूको एक समूहले डिम्ब व्यापार र डिम्ब तस्करी विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

आइतबार माइतीघरमा विभिन्न प्लेकार्ड र नाराबाजीसहित जेनजी पुस्ताका किशोरीहरूले डिम्ब व्यापार र डिम्ब तस्करी विरुद्ध प्रदर्शन गरेका हुन् । 

उनीहरूले पीडित किशोरीहरूलाई तत्काल न्याय दिनुपर्ने, डिम्ब तस्करीमा संलग्न रहेको आरोप लागेका पूर्वमहान्यायाधिवक्ता सबिता भण्डारी बराललाई तत्काल पक्राउ गर्नुपर्ने र यस अवैध कार्यमा संलग्न डाक्टरहरूलाई कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्।

‘होप फर्टिलिटी’लगायतका केन्द्रहरूमा डिम्ब तस्करीमा संलग्न डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानसहितका चिकित्सकहरूको मेडिकल लाइसेन्स खारेज गरी मुद्दा चलाउनुपर्ने उनीहरूको मुख्य माग छ ।

उक्त विरोध प्रदर्शनमा डिम्ब तस्करी विरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएका युवा अभियन्ता किरण बिकको पनि सक्रिय सहभागिता रहेको थियो।

प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले गम्भीर आरोप लगाउँदै पूर्वमहान्यायाधिवक्ता सविता भण्डारी बराल सरकारमा महान्यायाधिवक्ता नियुक्त भएपछि शक्तिको दुरुपयोग गरी आफ्नो मुद्दा आफैँ खारेज गराएको दाबी गरेका छन् । 

साथै, उनले राजनीतिक र प्रशासनिक पहुँचको भरमा आफ्नै छोरी समेत संलग्न रहेको उक्त डिम्ब तस्करीको केसलाई कमजोर बनाएको आरोप समेत प्रदर्शनकारीहरूले लगाएका छन्। 

प्रदर्शनका क्रममा बोल्दै युवा अभियन्ता किरण बिकले डिम्ब तस्करीमा संलग्न पूर्वमहान्यायाधिवक्ता सबिता भण्डारी बराल र संलग्न डाक्टरहरूमाथि फौजदारी अभियोग दर्ता भई कानुनी कारबाही अघि नबढेसम्म यो आन्दोलन निरन्तर जारी रहने बताए। 

गैरकानुनी डिम्ब व्यापारले किशोरीहरूको स्वास्थ्य र भविष्यमा गम्भीर खेलबाड भइरहेको भन्दै प्रदर्शनकारीहरूले दोषीलाई राजनीतिक वा प्रशासनिक संरक्षण नदिन र शक्तिको आडमा मुद्दा कमजोर नबनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप