रास्वपा राष्ट्रिय महाधिवेशन
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
आइतबार, ०७ असार २०८३, १७ : ५९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन् ।
- चितवनमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले बदलिएको परिस्थितिले रास्वपालाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको दाबी गरे ।
- उनले आफूहरू लोकतन्त्रका स्थायी मान्यता, संविधान र मानवअधिकारको जगेर्ना गर्ने प्रतिबद्धता जनाए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन् । पार्टीको चितवनमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अन्य पार्टीका नेताहरूलाई लामिछानेले यस्तो बताएका हुन् ।
‘देश रास्वपाको हातमा छ, देश सुरक्षित छ’, सभापति लामिछानेले भने,‘बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ ।’
उनले शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स नभएको बताए । नागरिक जिम्मेवारी पुरा गर्ने जिम्मेवारीका साथ रास्वपा उभिएको भन्दै अन्य दलका नेताहरूलाई निर्धक्क हुन आग्रह गरे । ‘लोकतन्त्रका स्थायी मान्यता, संविधान, मानवअधिकार लगायत थुप्रै उपहारको हामी जगेर्ना गर्नेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
-
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन, तस्बिरहरू
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
-
रास्वपा महाधिवेशन : प्रतिनिधि नामावलीमा दाबी विरोध र नाम समावेशका लागि आह्वान
-
पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउन सक्ने छैन : लामिछाने
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण