आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने

आइतबार, ०७ असार २०८३, १८ : ०८
आइतबार, ०७ असार २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार जनताको आशा र भरोसमा खरो ढङ्गले उत्रने बताएका छन् ।  भरतपुरमा पार्टीको पहिलो महाधिवेशनलाई उद्घाटन गर्दै लामिछानेले रास्वपालाई लडाउने र ढलाउने प्रयास हुनसक्ने भन्दै भन्दै त्यसतर्फ सचेत रहेको बताए । 

‘म यस ऐतिहासिक स्थानमा उभिएर भन्न चाहन्छु । हामीले नेपाली जनता र इतिहासलाई साक्षी राखेर जुन सहमति गरेका छौँ । त्यो एक एक अक्षर इमान्दारिताका साथ कार्यान्वयन गर्ने प्रण गर्दछु’, सभापति लामिछानेको भनाइ छ । उनले यो निजी कुरा नभएको भन्दै सरकार सञ्चालन गर्न चुनाव अघि नै बालेनको खुट्टामा गोल हान्ने जिम्मा दिएको र अब फटाफट गोल हान्ने बताए । उनले झुक्किएर बल अन्त गए पनि बालेनकै खुट्टामा बल पास गर्ने जिम्मा आफ्नो भएको बताए । 

 ‘यहाँ मुख मिठ्याउने र चुक्ली लगाउने धेरै छन्’, उनले आफ्नै पार्टीका नेताहरूलाई समेत गुट उपगुटको राजनीति नगर्न सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप