सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

सोमबार, ०८ असार २०८३, १२ : ५१
सोमबार, ०८ असार २०८३

सारांश

  • कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २६ वर्षीय मिलन साउदलाई पक्राउ गरेको छ।
  • जोशीपुर गाउँपालिका-१ राजीपुरका साउदलाई आइतबार बेलुकी नियन्त्रणमा लिइएको हो।
  • पक्राउ परेका साउदमाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कैलाली । कैलालीमा १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका-१ राजीपुर बस्ने २६ वर्षीय मिलन साउद रहेका छन्। उनलाई आइतबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएको हो।

साउदले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका साउदमाथि हिरासतमा राखेर यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप