विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
सारांश
- सडकपेटीमा आश्रित दृष्टिविहीनहरूलाई विकल्प नदिई हटाएको र धरपकड गरेको विरोधमा काठमाडौँमा आन्दोलन सुरु भएको छ।
- दृष्टिविहीन व्यवसायीहरूले सरकार र महानगरपालिकाले आफूहरूलाई सडकपेटीमा समेत जीविकोपार्जन गर्न नदिएको भन्दै माइतीघर मण्डलामा धर्ना दिएका छन्।
- उनीहरूले मासिक २० हजार रुपैयाँ बेरोजगार भत्ता वा योग्यताअनुसार रोजगारीको व्यवस्था गर्न माग गरेका छन्।
काठमाडौँ । सडकपेटीमा आश्रित दृष्टिविहीनहरूलाई बलपूर्वक हटाउने र जबर्जस्ती धरपकड गर्ने कार्य बढेपछि उनीहरू काठमाडौँ महानगरपालिका र सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन्।
सोमबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएर उनीहरूले वर्तमान सरकार र महानगरले सडकपेटीमा समेत गरिखान नदिएको भन्दै धर्ना दिन सुरु गरेका हुन्।
सडकपेटी, मठमन्दिर र चोकहरूमा बसेर जीविकोपार्जन गर्न समेत नदिई नगर प्रहरीले दमन र धरपकड गरेपछि आन्दोलन सुरु गर्न बाध्य हुनु परेको सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले बताए। सरकारले कुनै विकल्प नदिई आफूहरूलाई सडकबाट लखेटेको भन्दै उनले आक्रोश व्यक्त गरे। दृष्टिविहीनहरूले सरकारसँग आफूहरूलाई बाँच्नका लागि मासिक २० हजार रुपैयाँका दरले बेरोजगार भत्ता व्यवस्था गर्न समेत माग गरेका छन्।
धर्नाका क्रममा दृष्टिविहीन ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भने, ‘आज बालेन सरकारले हामीलाई बाँच्न दिएन। किनभने गाँस, बास, कपासको ग्यारेन्टी गरिदिएन। हामीले धुपहरू बेच्थ्यौँ, कतिले वेट मेसिनहरू राख्थ्यौँ सडक, चोक, मठमन्दिरहरूमा। कतिले त कला, गला देखाएर गीतहरू गाएर सहयोग उठाएर खाने काम गरिराखेका थियौँ। तर बालेन सरकारले त्यो हामीलाई दिएन। नगर प्रहरीहरू आएर दमन गर्ने, होल्डिङ सेन्टरमा लगेर दिनभर थुन्ने र साँझ परेपछि छोडिदिने गर्छन्।’
उनले थपे, ‘महिलाहरूमाथि हातपात पनि गरिएका छन् नगर प्रहरीहरूले। त्यसैको विरोधमा यस्तो गर्नुपरेको हो। अब राज्यले हामीलाई कि त गरिखान दिनुपर्यो, कि बेरोजगार भत्ता महिनाको २० हजार दिनुपर्यो, कि त योग्यता र क्षमताको हिसाबमा काम दिनु पर्यो। जस्तो हातले गर्न सक्ने काम छ भने कति साथीहरू पढेका हुनुहुन्छ, लेखेका हुनुहुन्छ। उहाँहरूको लाइसेन्स सिरानीमा छन्। उहाँहरूको त्यो अनुसार व्यवस्थापन गर्नुपर्यो। नपढेकाहरूलाई भत्ता र त्यस्तै काम दिन सक्नुपर्यो भनेर हाम्रो गाँस, बासको लागि यो आन्दोलन हो।’
आफूहरूका लागि वैकल्पिक व्यवस्था नगरेसम्म दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्म माइतीघरमा आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्। दृष्टिविहीनहरूलाई योग्यता र क्षमताको आधारमा भत्तासहित रोजगारीको व्यवस्था गर्नुपर्ने उक्त समूहको माग रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
-
सुदूरपश्चिमको कानुन मन्त्रालयको बजेटमा खेलमैदान र विद्यालय भवन
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
-
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी
-
रास्वपा महाधिवेशनमा खानाको मेन्यू : च्याउ, पापड, आलुदेखि खसीको मासुसम्म (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण