रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा दैनिक नौ क्विन्टलसम्म मटन खपत हुने गरेको छ।
- भरतपुरमा जारी महाधिवेशनमा तीन दिनसम्म करिब पाँच हजार जनालाई खाना तथा खाजाको व्यवस्था गरिएको छ।
- महाधिवेशन असार ७ गते सुरु भई ९ गते सम्पन्न हुनेछ।
काठमाडौँ । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो महाधिवेशनमा प्रतिनिधि तथा सहभागीहरूलाई तीन दिनसम्म दियालो फुडल्याण्डले खाना तथा खाजाको व्यवस्था गरेको छ ।
दियालो फुडल्याण्ड, भरतपुर शाखासहित बुटवल र काठमाडौँ शाखासहितका कर्मचारी व्यवस्थापनमा खटिएका छन् । दियालो फुडल्याण्ड काठमाडौँ शाखाका अप्रेसन म्यानेजर प्रेम खत्रीका अनुसार काठमाडौँसहित पाँच वटा शाखाबाट जनशक्ति खटिएको छ । जसले असार ७, ८ र ९ सम्म महाधिवेशन प्रतिनिधिहरूलाई खाना र खाजा खुवाउने छ ।

‘बिहान सातदेखि ९ ब्रेकफास्ट, दिउँसो १ देखि ३ सम्म लन्च, त्यसपछि टि कुकिज र बेलुकाको डिनर भेज तय भएको छ’, खत्रीले भने, ‘प्रतिनिधि, पर्यवेक्षक र सुरक्षाकर्मीसहित झन्डै पाँच हजारको हाराहारीलाई खाना तथा खाजाको अर्डर छ ।’
उनका अनुसार बिहानको खाना मटनसहितको हुनेछ भने बेलुकाको भेज मात्र हुनेछ ।

‘दैनिक मटन आठ नौ क्विन्टल खपत हुन्छ’, खत्रीको भनाइ छ । असार ७ गतेबाट सुरु भएको रास्वपाको महाधिवेशन ९ गते सम्पन्न हुने कार्यतालिका छ । महाधिवेशनमा देशभरका विभिन्न जिल्ला, प्रवास, विभिन्न तहका कमिटीबाट चार हजार बढी प्रतिनिधि सहभागी छन् । पार्टीले खानाको व्यवस्था गरे पनि वासको व्यवस्था भने प्रतिनिधि आफैँले गर्नुपरेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण