सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
सोमबार, ०८ असार २०८३, १४ : २९
सारांश
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा विशेष अदालतबाट सफाइ पाएपछि सोमबार मन्त्रालय फर्किइन् ।
- मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले डा. मिश्राले आजदेखि हाजिरी गरेको पुष्टि गरेका छन् ।
- म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. मिश्रसहित ८ जनालाई सफाइ दिएको थियो ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रा मन्त्रालय फर्किएकी छिन् । विशेष अदालतबाट सफाइ पाएसँगै डा.मिश्रा आज सोमबारदेखि मन्त्रालयमा पुगेर हाजिरी गरेकी हुन् ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले मिश्राले आजदेखि हाजिरी गरेको पुष्टि गरेका छन् । म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार फैसला सुनाउँदै पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. मिश्रसहित ८ जनालाई सफाइ दिएको थियो ।
डा.मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद देवकोटा, शम्भुप्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकालले सफाइ पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण