कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
काठमाडौँ । चीनमा करिब २० हजार मानिस अटाउन सक्ने मौरीको घारजस्तो विशाल आवासीय भवनदेखि लिएर रेल नै भवनभित्रबाट गुड्ने संरचना र व्यस्त फ्लाइओभरको बीचमा बनेका भवनसम्म अनौठा अपार्टमेन्ट भवनहरू छन् । यस्तै अनौठा संरचनामध्ये एक हो कुनशानको पिरामिड । पिरामिड आकारका कारण यो अपार्टमेन्ट भवनले विशेष चर्चा बटुलिरहेको छ ।
कुनशानको आधुनिक हुआकिओ क्षेत्रमा रहेको यो भवन सन २०१३ मा निर्माण सम्पन्न भएको थियो । स्थानीय रूपमा ‘कुनशानको पिरामिड’ भनेर चिनिने यो अपार्टमेन्ट भवन अहिले शहरका प्रमुख आकर्षणमध्ये एक बनेको छ ।
सामान्य पिरामिडभन्दा फरक, १८ तले यस भवनका दुई बाहिरी पर्खाल ठाडा छन् भने अन्य दुई पर्खाल ढल्किएका छन् । भवनका अपार्टमेन्टहरू ४५ डिग्रीको कोणमा तहगत रूपमा निर्माण गरिएका छन्, जसले यसलाई आकर्षक र विशिष्ट स्वरूप प्रदान गरेको छ ।
यो परियोजनाको डिजाइन गर्ने मास्टर्स आर्किटेक्चरल अफिसले भवन बनाउँदा परम्परागत चिनियाँ कौसी धानखेतीबाट प्रेरणा लिएको बताइएको छ । ढल्किएको भागमा रहेका अधिकांश अपार्टमेन्टमा ठुलो निजी टेरेसको सुविधा उपलब्ध छ, जुन यस भवनको विशेष आकर्षण मानिन्छ ।
यद्यपि यसको अनौठो डिजाइनसँगै केही व्यावहारिक चुनौतीहरू पनि रहेका छन्। भवनको विशेष आकारका कारण भित्री भागमा पर्याप्त हावापास हुन र प्राकृतिक प्रकाश पुर्याउन कठिन हुन सक्छ । साथै जटिल संरचनाले आगलागी सुरक्षासम्बन्धी व्यवस्थापनलाई समेत चुनौतीपूर्ण बनाउने विज्ञहरूको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण