पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
सोमबार, ०८ असार २०८३, १७ : ०२
सारांश
- बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पेप्सीको नेपालस्थित उत्पादक वरुण बेभरेज नेपाल प्रालिसहित सात फर्मको अनुगमन गरेको छ ।
- उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम कैफियत देखिएका फर्महरूलाई कारबाही तथा निर्देशन दिइएको छ ।
- वरुण बेभरेजलाई ३ दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बहुराष्ट्रिय कम्पनी पेप्सीको नेपालस्थित आधिकारिक उत्पादक ‘वरुण बेभरेज नेपाल प्रालि’ सहित सातवटा व्यावसायिक फर्महरूमा अनुगमन तथा निरीक्षण गरेको छ ।
विभागले सोमबार बजार अनुगमनका क्रममा कैफियत देखिएका फर्महरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कारबाही तथा निर्देशन दिइएको जनाएको छ ।
विभागका अनुसार काठमाडौँ महानगरपालिका–३२, कोटेश्वरस्थित वरुण बेभरेज नेपाल प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातहरू लिएर ३ दिनभित्र वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
विभागको टोलीले उपत्यकाका अन्य ६ वटा व्यावसायिक फर्महरूमा पनि अनुगमन गरेको छ । अनुगमन गरिएका अन्य फर्महरूलाई भने सामान्य निर्देशन दिई सचेत गराइएको विभागले उल्लेख गरेको छ ।
_rUEBfUM3C6.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण