विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
मङ्गलबार, ०९ असार २०८३, ११ : ११
सारांश
- नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ गरिएपछि धारणा बनाउन संसदीय दल र सचिवालयको छुट्टाछुट्टै बैठक बोलाएको छ ।
- संसदीय दलको बैठक दिउँसो २ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा समसामयिक विषय र पौडेलको पक्राउ प्रकरणबारे छलफल गर्न बस्नेछ ।
- पार्टीको सचिवालय बैठक आजै साँझ ६ बजे ओली निवास गुण्डुमा समसामयिक राजनीति र उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे छलफल गर्न बस्नेछ ।
काठमाडौँ । नेकपा एमालेले एकै दिन संसदीय दल र सचिवालयको बैठक बोलाएको छ ।
सोमबार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गरिएपछि त्यसबारे धारणा बनाउन छुट्टाछुट्टै बैठक बोलाइएको हो ।
संसदीय दलको बैठक मंगलार दिउँसो २ बजे बस्ने गरी आह्वान भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे समसामयिक विषयमा छलफल गर्न दलको बैठक बोलाइएको जानकारी एमाले प्रतिनिधि सभाका प्रमुख सचेतक ऐन महरले जानकारी दिए । बैठकमा उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे पनि कुराकानी हुने महरले बताए ।
एमालेले आजै साँझ ६ बजे पार्टीको सचिवालय बैठक पनि बोलाएको छ । ओली निवास गुण्डुमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो । बैठकमा समसामयिक राजनीति र उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण