भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
मङ्गलबार, ०९ असार २०८३, ११ : ३८
सारांश
- भक्तपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सुनसरी घर भई हाल भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय भीमबहादुर राई छन्।
- राईविरुद्ध बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि अनुसन्धान सुरु गरिएको छ।
भक्तपुर। ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई सोमबार राति पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हाल भक्तपुरको गठ्ठाघर बस्ने सुनसरीको धरान उपमहानगरपालिका-४ घर भएका ३८ वर्षीय भीमबहादुर राई रहेका छन्।
राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। उक्त उजुरीका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका राईमाथि हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण