‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
काठमाडौं । प्रथम ‘लुम्बिनी लोक तारा २०८३’को विजेता समीर पुन भएका छन् । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजनामा सोमबार कपिलवस्तुमा सम्पन्न फाइनल प्रतियोगीताका विजेता पुनले ५२ हजार २२२ नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट लोकताराका रुपमा छनोट भई सहभागी विभिन्न ग्रुपहरू बिच भएको प्रतियोगितामा बसन्ता खनाल दोस्रो र ज्ञानु परियार तेस्रो भए । उनीहरूले क्रमशः ३२ हजार २२२ र २२ हजार २२२ हजार नगदका साथै प्रमाणपत्र र ट्रफी समेत प्राप्त गरे । विजेतालाई लोक तथा दोहोरी गति प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापामगर, सल्लाहकार खेम हमाल, उपाध्यक्ष राधिका हमाल, प्रदेश अध्यक्ष दामोदर बस्याललगायतले पुरस्कार प्रदान गरे ।
लोक गायक राजु परियार, ओम ज्ञवाली लगायत निर्णायक रहेको प्रतियोगिताको कार्यक्रम संयोजक उज्ज्वल गिरी रहेको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण